संग्रह गर्नुहोस्।
संग्रहित

स्विडेनमा नयाँ नियमः स्वेच्छाले आफ्नै देश फर्कने आप्रवासीले पाउन थाले ३२ हजार युरो

स्विडेनको दक्षिणपन्थी सरकारले आप्रवासीहरूलाई आफ्नै देश फर्काउन ठुलो रकमको प्रलोभन देखाएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • स्वैच्छिक रूपमा घर फर्कने आप्रवासीला ३२,००० युरो दिइने।
  • बालबालिका सहित परिवार नै फर्किए ५५,००० युरोभन्दा बढी सहयोग।
  • सिरियाली आप्रवासीहरूमाझ फिर्ता हुने उत्साह बढ्यो।

स्विडेनको दक्षिणपन्थी सरकारले आप्रवासीहरूलाई उनीहरूको आफ्नै मूल देश फर्काउनका लागि दिइने आर्थिक अनुदानमा भारी वृद्धि गरेको छ।

नयाँ वर्षको सुरुवातसँगै लागू भएको यो नियम अनुसार अब स्वैच्छिक रूपमा स्विडेन छाड्नेले ३ लाख ५० हजार स्विडिस क्रोनर अर्थात् करिब ३२,००० युरो पाउनेछन्।

धेरै बालबालिका भएका परिवारका लागि यो रकम ६ लाख क्रोनर अर्थात् ५५,००० युरोभन्दा बढी पुग्न सक्ने छ। प्रधानमन्त्री उल्फ क्रिस्टरसनको सरकारले आप्रवासन नीतिमा कडाइ गर्ने उद्देश्यले यो कदम चालेको हो।

स्विडेन सरकारले गरेको यो अफर सबै विदेशीहरूका लागि नभएर विशेष गरी शरणार्थी र सुरक्षाको आधारमा बसोबास अनुमति पाएका विदेशीहरूका लागि मात्र लक्षित छ। स्विडेनाम वर्क परमिटमा आएका, पढ्न आएका, वा स्विडिस नागरिता लिइसकेकाले भने यो सुविधा पाउने छैनन्।

विज्ञापन

विशेष गरी पछिल्लो समय स्विडेनमा बढेको ग्याङ अपराध र सामाजिक समस्याका कारण सरकारमाथि दबाब बढेको छ। यो नीतिलाई आप्रवासी विरोधी दल स्वीडेन डेमोक्र्याट्स को समर्थन रहेको छ।

केही आप्रवासीहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। खासगरि धेरै सिरियालीहरूले फर्कनका लागि आवेदन दिन थालेका छन्।

सिरियामा सन् २०२४ को परिवर्तनपछि स्थिति सुध्रिएको र स्विडेनमा हिंसा बढेकाले पनि मानिसहरू फर्कन इच्छुक देखिएका हुन्। तर सबै आप्रवासीहरू यो रकमको पछि लाग्ने पक्षमा छैनन्।

इराकबाट आएका एक ४४ वर्षीय पुरुषले स्थानीय मिडियालाई भन्छन्, “मलाई एक लाख युरो दिए पनि इराक फर्कन्न।” उनले स्विडेनलाई नै आफ्नो घर र देश मानेका छन्।

स्विडेनले लामो समयदेखि उदार आप्रवासन नीति अपनाउँदै आएको थियो। तर हालैका वर्षहरूमा बढेको सडक हिंसा र एकीकरणको समस्याका कारण त्यहाँको राजनीतिमा दक्षिणपन्थी धार बलियो हुँदै गएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा पनि खास गरी डिपोर्ट भएर जानेहरूले हजारौँ युरोको सहयोग पाउने गरेका छन्। यद्यपि उक्त रकम स्विडेनमा जस्तो धेरै चाहिँ छैन।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप