संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा विदेशी विद्यार्थीबारे नयाँ नियम बन्ने, यस्ता हुनेछन् तीन मुख्य परिवर्तन

पेत्तेरी ओर्पो नेतृत्वको सरकारले ईयु बाहिरबाट आउने विदेशी विद्यार्थीका लागि आयको मापदण्ड र परिवार ल्याउने प्रक्रियामा नयाँ नियम लगाउने घोषणा गरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • विद्यार्थीका लागि आवश्यक न्यूनतम आय अब कानुनमै स्पष्ट तोकिने।
  • परिवार ल्याउनका लागि एक वर्षको प्रतीक्षा अवधि अनिवार्य गरिने।
  • विद्यार्थी ठग्ने अनधिकृत एजेन्ट र कन्सल्टेन्सीहरूमाथि प्रतिबन्धको तयारी।

फिनल्यान्ड सरकारले युरोपेली युनियन (EU) भन्दा बाहिरबाट आउने विदेशी विद्यार्थीहरूका लागि भिसा नियममा व्यापक कडाइ गर्ने तयारी गरेको छ।

फिनल्यान्डका श्रम मन्त्री मातियास मार्तिनेनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले विदेशी विद्यार्थीहरूले भोगिरहेका समस्या समाधान गर्न थप कदम चाल्ने निर्णय गरेको बताए।

अब विद्यार्थीहरूको न्यूनतम आय र परिवार/डिपेन्डेन्ट बोलाउने प्रावधानहरूलाई थप कडा बनाउन कानुनी संशोधन सुरु गरिने छ।

नयाँ योजना अनुसार विद्यार्थीका लागि आवश्यक पर्ने न्यूनतम आर्थिक स्रोत अब स्पष्ट रूपमा कानुनमै उल्लेख गरिनेछ। यसको अर्थ आयसम्बन्धी नियमहरूमा थप कडाइ हुनेछ। साथै विद्यार्थीहरूले आफ्नो परिवार अर्थात् डिपेन्डेन्टलाई फिनल्यान्ड ल्याउनका लागि कम्तीमा एक वर्ष कुर्नु पर्नेछ।

विज्ञापन

अहिले विद्यार्थीसँगै डिपेन्डेन्ट पनि आउन पाउने प्रावधान छ। नयाँ नियम लागु भएपछि परिवारसहित फिनल्यान्ड आउन चाहने नेपाली लगायतका विदेशी विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने देखिन्छ।

सरकारले विद्यार्थी भर्नामा संलग्न अनधिकृत एजेन्टहरूमाथि पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ। विश्वविद्यालयहरूसँग औपचारिक सम्झौता भएका एजेन्टहरूले मात्र विद्यार्थी भर्ना प्रक्रियामा काम गर्न पाउने व्यवस्था गर्ने सरकारको तयारी छ। यसबारे कुनै ठोस निर्णय भने सार्वजनिक गरिएको छैन।

भाषा सम्बन्धी नियमहरूमा पनि कडाइ गरिने जानकारी सरकारले दिएको छ, तर यो फिनिस भाषा हो वा अङ्ग्रेजी भनेर खुलाइएको भने छैन। 

भाषा सम्बन्धी नियमहरूमा पनि कडाइ गरिने जानकारी सरकारले दिएको छ, तर यो फिनिस भाषा हो वा अङ्ग्रेजी भनेर खुलाइएको भने छैन। 

पुर्रा भन्छिन्ः फिनल्यान्ड पढ्न आउने हो, परिवार पाल्न होइन

सरकारी निर्णयपछि फिनल्यान्डकी अर्थमन्त्री तथा फिन्स पार्टीकी अध्यक्ष रिक्का पुर्राले विद्यार्थीहरू फिनल्यान्ड अध्ययनका लागि मात्र आउनुपर्ने र परिवार पाल्न फिनल्यान्डको सामाजिक सुरक्षामा निर्भर हुन नहुने बताएकी छिन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उनले अघिल्लो सान्ना मारिन सरकारले ल्याएका खुकुलो नियमहरूले गर्दा अव्यवस्थित बसाइँसराइ बढेको दाबी गर्दै आएकी छिन्।

विदेशी विद्यार्थीका लागि सजिलो छैन फिनल्यान्ड

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विगतमा ईयु बाहिरका विदेशी विद्यार्थीका लागि समेत शिक्षा पूर्ण रूपमा निःशुल्क हुँदा फिनल्यान्ड अत्यन्तै आकर्षक शैक्षिक गन्तव्य मानिन्थ्यो।

तर पछिल्ला वर्षहरूमा विश्वविद्यालयहरूले शुल्क लिन थालेपछि र फिनल्यान्डको अर्थतन्त्र समेत कमजोर बन्दै गएपछि फिनल्यान्डमा काम गरेर पढ्छु भनेर आउने विदेशी विद्यार्थीहरूले अनेक थरी समस्या झेल्ने गरेका छन्

केही साता अघि फिनल्यान्डको राष्ट्रिय प्रसारण संस्था YLE ले गरेको अनुसन्धानले धेरै शैक्षिक एजेन्टहरूले विद्यार्थीहरूलाई गलत सूचना दिने गरेको खुलासा गरेको थियो।

एजेन्टहरूले फिनल्यान्डमा भाषा नजान्दा पनि सजिलै काम पाइने र धेरै कमाइ हुने भन्दै विद्यार्थीहरूलाई झुक्काउने गरेको पाइएको हो।

फिनल्यान्डमा हाल बेरोजगारी बढ्दो छ, जसको मारमा विदेशी नागरिकहरू झन् धेरै परेका छन्। गलत आश्वासनका भरमा फिनल्यान्ड आएका धेरै विद्यार्थीहरू काम नपाउँदा गरिबीको चपेटामा परेका समाचारहरू दिनहुँ जसो आइरहेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप