संग्रह गर्नुहोस्।
संग्रहित

फिनकिनोले ल्यायो मुभी बेडः फिनल्यान्डका हलमा अब ओछ्यानमै सुतेर फिल्म हेर्न पाइने

फिनकिनोले हेलसिन्कीका दुई हलमा पहिलो पटक दर्शकका लागि ‘मुभी बेड’ को सुविधा ल्याएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डमै पहिलो पटक हेलसिन्कीका हलमा ओछ्यानको व्यवस्था।
  • प्रिमियम टिकटको मूल्यमा एक्लै वा जोडी भएर फिल्म हेर्न सकिने।
  • अमर्यादित गतिविधि रोक्न कर्मचारीले हलको नियमित निगरानी गर्ने।

के तपाइँ घरमा ओछ्यानमा पल्टिएर फिल्म हेरेजस्तै सिनेमा हलमा पनि हेर्न चाहनुहुन्छ? फिनल्यान्डको प्रमुख सिनेमा चेन फिनकिनोले अब यो सुविधा सम्भव बनाएको छ।

फिनकिनोले फिनल्यान्डमै पहिलो पटक सिनेमा हलभित्र ओछ्यान (मुभी बेड) राखेको हो। हेलसिन्कीका दुई प्रमुख हलहरूमा यही फेब्रुअरी ६ देखि यो सुविधा सुरु भएको छ।

यी ओछ्यानहरू हेलसिन्कीको इसित (Itis) को हल नम्बर २ र टेनिसपालात्सीको हल नम्बर ३ मा राखिएका छन्। दुवै हलका अघिल्लो लहरका सिटहरू हटाएर चार–चार वटा बेड राखिएका हुन्।

२०४ सेन्टिमिटर चौडा र २०० सेन्टिमिटर लामो यी ओछ्यानहरू विशेष गरी दुई जनाका लागि डिजाइन गरिएका हुन्।

विज्ञापन

यी बेडमा बसेर वा पल्टिएर फिल्म हेर्नका लागि दर्शकले ‘प्रिमियम’ टिकट काट्नु पर्नेछ।

टिकटको मूल्य फिनकिनोको Luxe सिट बराबर तोकिएको छ। यो भनेको सामान्य टिकटभन्दा करिब ४ युरो महँगो पर्न आउँछ।

फिनकिनोले यी बेड जोडीका लागि बनाए पनि टिकट भने प्रतिव्यक्ति बिक्री गरिने जनाएको छ। यसको अर्थ यदि तपाइँले एउटा मात्र टिकट किन्नुभयो भने तपाइँको छेउमा अपरिचित व्यक्ति पनि आएर पल्टिन सक्नेछन्।

फिनकिनोका अनुसार हलभित्र सुरक्षा र मर्यादाको पूर्ण ख्याल राखिनेछ। हलमा कुनै पनि किसिमको असहज परिस्थिति नआओस् भनेर हलभित्र कर्मचारीहरूले नियमित निगरानी गर्नेछन्।

यदि हलमा यौनजन्य वा अन्य अमर्यादित व्यवहार देखिएमा कर्मचारीले हस्तक्षेप गर्नेछन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यी बेडमा दुई वयस्क र एक बच्चासहित तीन जना पनि बस्न मिल्नेछ। तर त्यसका लागि सबैसँग सोही शोको टिकट हुनु अनिवार्य छ (तेस्रो टिकट भने हलको अर्को कुनै सिटको हुन सक्छ)।

फिनकिनोका अनुसार यी बेडहरू कृत्रिम छालाले बनेका हुन् र निकै आरामदायक छन्। लम्बाइमा पछाडि ढल्किएको ब्याकरेस्टको भाग पनि जोडिएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

टेनिसपालात्सी र इतिस हेलसिन्की क्षेत्रका निकै व्यस्त र लोकप्रिय सिनेमा हलहरू हुन्।

विश्वका अन्य सहरका लक्जरी सिनेमा हलहरूमा ‘बेड सिनेमा’ को अवधारणा नौलो नभए पनि फिनल्यान्डमा भने यो पहिलो प्रयोग हो।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप