संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा साइकल दुर्घटना हुँदा एकको मृत्यु, ८० वर्षे वृद्ध अपराध अनुसन्धानमा तानिए

दुर्घटनामा मृत्यु भएका व्यक्ति साधारण साइकलमा थिए भने घाइते भएका अर्का व्यक्ति विद्युतीय साइकल चढेका थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्कीमा साइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको फिनल्यान्डको प्रहरीले जनाएको छ।

मेरी-रास्तिलामा गत शुक्रबार भएको एक घटनामा दुई साइकल एक आपसमा ठोक्किदा उक्त घटना भएको हो।

प्रहरीका अनुसार उक्त दुर्घटनामा करिब ७० वर्षका एक साइकलयात्रीलाई गम्भीर चोट लागेको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनामा अर्का करिब ८० वर्षका साइकलयात्री गम्भिर घाइते भएका छन्।

हेलसिन्की प्रहरीले दिएको जानकारीअनुसार यो दुर्घटना मेरी-रास्तिलाको साइकल मार्गमा भएको थियो। यो साइकल मार्ग ग्राभेल सतह भएको जंगलको बाटोबाट जान्छ।

विज्ञापन

दुर्घटनामा मृत्यु भएका व्यक्ति साधारण साइकलमा थिए भने घाइते भएका अर्का व्यक्ति विद्युतीय साइकल चढेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवै साइकलयात्रीले हेल्मेट र अन्य आवश्यक साइकल चलाउने उपकरण लगाएको देखाएको छ। यो दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न ८० वर्षीय वृद्धमाथि ट्राफिक सुरक्षा खतरामा पारेको र अरुको मृत्यु निम्ताएको दुई आरोपमा अनुसन्धान भइरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप