संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको भयानक सडक दुर्घटनाः अस्पतालमा बिते २० वर्षे घाइते

आइतबार बिहान हेलसिन्कीमा भएको भयानक दुर्घटनामा घाइते भएका थप एकजनाको अस्पतालमा मृत्यु भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्की – हेलसिन्कीको Lahdenväylä राजमार्गमा आइतबार बिहान भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान भएको उक्त दुर्घटनामा एक यात्रुको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते अन्य दुई जनालाई अस्पताल भर्ना गरिएको थियो, जसमध्ये एकको मृत्यु भएको हो। गाडी चालक भने जिवितै छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक युवक र एक युवती रहेका छन्। मादक पदार्थ सेवन गरेका चालकले नियन्त्रण गुमाउँदा कार सडकबाट उछिट्टिएर दुर्घटना भएको थियो।

विज्ञापन

घटनाको अनुसन्धान जारी नै रहेको प्रहरीले बताएको छ। चालकमाथि अझै पनि गम्भीर ट्राफिक सुरक्षा उल्लंघन, गम्भीर मादक पदार्थ सेवन गरी गाडी चलाएको (rattijuopumus) र लापरवाहीद्वारा मृत्यु तथा गम्भीर चोट पुर्याएको जस्ता अभियोगहरूमा अनुसन्धान भइरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप