संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका प्रसिद्ध गायक पाते मुस्तायार्भीको निधन

उनको निधनसँगै फिनल्यान्डले आफ्नो संगीत आकाशको एउटा चम्किलो तारा गुमाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डका सबैभन्दा लोकप्रिय र प्रभावशाली रक गायकमध्ये एक पाते मुस्तायार्भीको ६९ वर्षको उमेरमा निधन भएको छ।

आज शुक्रबार डिसेम्बर २६ तारिखका दिन आफ्नै गृहनगर ताम्पेरेमा उनको मृत्यु भएको हो।

मुस्तायार्भीको आधिकारिक इन्स्टाग्राम खातामार्फत उनको निधनको जानकारी दिइएको छ।

उनलाई गत अक्टोबरमा क्यान्सर (ट्युमर) देखिएको थियो, जसका कारण उनले आफ्ना सबै सांगीतिक कार्यक्रमहरू रद्द गरेका थिए।

विज्ञापन

लामो र सफल सांगितिक यात्रा

मुस्तायार्भीको जन्म सन् १९५६ मा ताम्पेरेमा भएको थियो। उनले सन् १९७७ मा Popeda नामक रक ब्यान्ड स्थापना गरेर आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए।

मुस्तायार्भी आफ्नो विशेष खस्रो आवाज र मञ्चमा देखिने ऊर्जावान् प्रस्तुतिका लागि चिनिन्थे।

उनलाई ताम्पेरेबाट सुरु भएको Manserock विधाको प्रमुख संवाहक मानिन्छ।

उनले गाएका Ukkometso र Mä elän vieläkin जस्ता गीतहरू फिनल्यान्डमा निकै चर्चित छन्। यी गीतहरू फिनिस जनजीवन र विशेषगरी बार तथा उत्सवहरूमा व्यापक रूपमा बज्छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

मुस्तायार्भीले सन् २०२३ मा पोपेडा ब्यान्ड छोडेर एकल गायन यात्रालाई निरन्तरता दिएका थिए। उनले आफ्नो ७०औं जन्मदिनका अवसरमा सन् २०२६ मा विशेष टुर गर्ने योजना बनाएका थिए।

उनको बायोग्राफी/ संस्मरणात्मक पुस्तक सन् २०२६ को जुनमा प्रकाशित हुने तयारीमा थियो। पुस्तकमा उनले आफ्नो सांगीतिक जीवन र पछिल्लो समयको स्वास्थ्य संघर्षबारे लेखेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

उनको निधनसँगै फिनल्यान्डले आफ्नो संगीत आकाशको एउटा चम्किलो तारा गुमाएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप