संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा ‘प्राइड’ सप्ताह सुरु, यस्ता छन् कार्यक्रम

आज सोमबारदेखि सुरु हुने प्राइड सप्ताहमा हेलसिन्कीका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम र परेड आयोजना हुँदैछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • आजबाट हेलसिन्कीमा प्राइड सप्ताह सुरु।
  • सांगीतिक कार्यक्रमदेखि सडक परेडसम्म आयोजना हुने।
  • पुस्तकालयदेखि पार्कसम्ममा हुनेछन् विशेष मेला।

आजदेखि हेलसिन्कीमा यस वर्षको प्राइड सप्ताह सुरु हुँदैछ। यो अवसरमा हेलसिन्कीका सांस्कृतिक केन्द्र, पुस्तकालय र पार्कहरूमा कन्सर्ट र ड्याग शो जस्ता विविध कार्यक्रम आयोजना हुनेछन्।

बुधबार Esplanadi पार्कको स्टेजमा ItcevätLiisa Akimof & Yökerho ले सांगीतिक प्रस्तुति दिनेछन्। शुक्रबार भने मार्को भाइनियोको ‘डिभेट शो’ र एस्से काइकुरान्ता मञ्चमा उत्रिनेछन्।

सोही दिन कल्चलर सेन्टर काइसामा द आर्ट अफ डाइभर्सिटी नाइटको आयोजना हुँदैछ। त्यहाँ ड्याग, बर्लेस्क, नृत्य र सर्कसको मज्जा लिन सकिनेछ।

बिहीबार हेलसिन्की सिटी हलमा ‘रेन्बो’ परिवारको दैनिकीबारे छलफल गरिनेछ। त्यहाँ ‘असामान्य परिवार’ शीर्षकमा प्यानल छलफल हुनेछ।

विज्ञापन

प्राइड सप्ताहको मुख्य आकर्षण शनिबार, जुन २७ मा हुनेछ। त्यो दिन सडक परेड र काइभोपुइस्तोमा विशेष पार्क उत्सव आयोजना हुनेछ।

स्विमिङ स्टेडियमको चउरमा खोलिने प्राइड लाउन्जमा पनि उत्सवको माहोल हुनेछ। त्यहाँ डिजे संगीत, घाम ताप्ने कुर्सी, बच्चाहरूको लागि बाउन्सिङ क्यासल, र प्राइड-थिमको मेकअप उपलब्ध हुनेछ।

यसबाहेक Annantalo, Vuotalo Stoa जस्ता सांस्कृतिक केन्द्रहरूमा पनि विभिन्न रचनात्मक कार्यक्रम हुनेछन्। सहरका पुस्तकालयहरूमा पनि काराओके, पढ्ने सर्कल र क्वियर साहित्य प्रदर्शन गरिँदैछ।

हेलसिन्की प्राइड फिनल्यान्डको सबैभन्दा ठूलो मानव अधिकार र सांस्कृतिक कार्यक्रम हो। यसले यौनिक तथा लैंगिक अल्पसंख्यक (LGBTIQ+) समुदायको समान अधिकार, समावेशिता र बहुलवादको वकालत गर्दछ।

हरेक वर्ष जुन महिनामा आयोजना हुने यो कार्यक्रमको समापनमा हुने सडक परेडमा हजारौं मानिसहरूले सहभागिता जनाउने गर्छन्। फिनल्यान्डमा आप्रवासी जीवन बिताइरहेका नेपालीहरूका लागि पनि यहाँको खुला र समावेशी समाज बुझ्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुन सक्छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप