संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा सिटी अपार्टमेन्टको भाडा फेरी बढ्दै

आगामी जनवरी २०२६ देखि हेलसिन्की सहरको स्वामित्वमा रहेका आवासीय अपार्टमेन्ट (Heka) को भाडामा फेरि वृद्धि हुने भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्की नगरपालिकाको स्वामित्वमा रहेको भाडाका घरहरूको व्यवस्थापन गर्ने कम्पनी ‘हेका’ (Heka) ले २०२६ को जनवरीदेखि लागू हुने गरी भाडा वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको हेकाको सञ्चालक समितिको बैठकले भाडामा औसत १.९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। यो निर्णय अनुसार हेकाको सामान्य अपार्टमेन्टमा प्रति वर्ग मिटरको औसत मासिक भाडा १४.६६ युरो पुग्नेछ।

यो वृद्धि सामान्य भए देखिए पनि यसले धेरै परिवारको मासिक खर्चमा केही भार थप्नेछ।

उदाहरणका लागि ४० वर्ग मिटरको अपार्टमेन्टमा बस्ने परिवारले अब हरेक महिना करिब ११ युरो बढी तिर्नुपर्नेछ भने ७० वर्ग मिटरको अपार्टमेन्टमा बस्नेले करिब २० युरो बढी भाडा तिर्नुपर्ने हुन्छ।

विज्ञापन

कम्पनीका अनुसार भाडा वृद्धि ठाउँअनुसार फरक-फरक हुनेछ। केही ठाउँमा न्यूनतम ०.१ प्रतिशतले बढ्नेछ भने केहीमा अधिकतम २.४ प्रतिशतसम्म वृद्धि हुनेछ।

धेरैजसो अपार्टमेन्टको भाडा १ देखि २ प्रतिशतको बीचमा बढ्ने कम्पनीले जनाएको छ।

किन बढ्यो भाडा?

हेका गैर-नाफामुखी संस्था हो, र लागत मूल्यका आधारमा अपार्टमेन्टहरू सञ्चालन गर्दछ। यसको अर्थ घरहरूको निर्माण, मर्मत, सम्भार र व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च भाडाबाटै उठाइन्छ।

कम्पनीले अन्य वस्तु तथा सेवाको मूल्यमा निरन्तर भइरहेको वृद्धिले गर्दा सञ्चालन लागत बढेको र त्यसलाई पूर्ति गर्न भाडा बढाउनुपरेको बताएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

भविष्यमा पनि मूल्यवृद्धि जारी रहेमा भाडा फेरि बढ्न सक्ने सम्भावना रहेको कम्पनीको भनाइ छ।

विगतका वर्षहरूको तुलनामा यो वृद्धिदर भने कम हो। यसअघि सन् २०२४ मा १२ प्रतिशत र २०२५ मा ५.२ प्रतिशतले भाडा बढाइएको थियो।

विगतका वर्षहरूको तुलनामा यो वृद्धिदर भने कम हो। यसअघि सन् २०२४ मा १२ प्रतिशत र २०२५ मा ५.२ प्रतिशतले भाडा बढाइएको थियो।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

भाडा बढे पनि हेलसिन्कीको निजी बजारको तुलनामा हेकाको भाडा सस्तो छ।

हेकाको औसत भाडा निजी बजारको भन्दा करिब ३५ प्रतिशत कम छ, जसले गर्दा धेरै आप्रवासी तथा न्यून आय भएका परिवारका लागि यो एक आकर्षक विकल्प बनेको छ।

आफ्नो नयाँ भाडादरबारेको औपचारिक जानकारी सबै भाडावालहरूलाई अक्टोबर महिनाको अन्त्यसम्ममा पत्रमार्फत पठाइने हेकाले जनाएको छ।

फिनल्यान्डको सबैभन्दा ठूलो घरधनी मानिने हेकासँग हजारौँको सङ्ख्यामा अपार्टमेन्टहरू रहेका छन्, जसमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि बसोबास गर्दछन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप