संग्रह गर्नुहोस्।
संग्रहित

एस्पोको किभेनलाहतीमा बन्दुक देखाएर लुटपाट, प्रहरीले माग्यो सहयोग

मास्क लगाएका दश जना युवाले एक नाबालकमाथि जबरजस्ती र लुटपाट गरेको आरोप।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • बन्दुक र अश्रुग्यास प्रयोग गरी नाबालक लुटियो।
  • लुटपाटको भिडियो बनाएर सामाजिक सञ्जालमा।
  • आरोपीहरूको पहिचान गर्न प्रहरीले माग्यो सर्वसाधारणको सहयोग।

फिनल्यान्डको एस्पो स्थित किभेनलाह्ती क्षेत्रमा गत सोमबार बिहान एक नाबालकमाथि कालो पोशाक र स्की मास्क लगाएका करिब दश जना युवाहरूको समूहले बन्दुक देखाएर र अश्रुग्यास प्रयोग गरी लुटपाट गरेको प्रहरीले जनाएको छ। नानान ग्रिल नजिकै भएको यो घटनामा पीडितका व्यक्तिगत सामानहरू लुटिएको थियो।

पश्चिमी उसिमा प्रहरीको युवा अपराध अनुसन्धान समूहले यस घटनाका दोषीहरूको पहिचान गर्न सर्वसाधारणको सहयोग मागेको छ। घटनास्थलमा धेरै युवाहरूको उपस्थिति रहेको र लुटपाटको सामाजिक सञ्जालमा भिडियो बनाएर समेत राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी कुनै जानकारी वा भिडियो फुटेज भए [email protected] मा पठाउन अनुरोध गरेको छ। साथै भिडियो वा फोटो व्हाट्सएप नम्बर 050 573 5266 मा पनि पठाउन सकिने जनाइएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

विज्ञापन
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप