विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा चल्न थाल्यो रोबोट बसः ड्राइभर नचाहिने, यात्रुबाट भाडा पनि बसले नै उठाउने

आउँदो सोमवारदेखी ताम्पेरेमा सुरु हुने यो स्वचालित बस सेवाले यात्रुबाट भाडा असुल गर्नेछ र अर्को वसन्तदेखि पूर्ण रूपमा चालक बिहीन हुनेछ।

.संक्षेपमा.


  • फिनल्यान्डमा पहिलो व्यावसायिक रोबोट बस सेवा सुरु हुने।
  • सुरुमा सुरक्षा चालक हुने भए पनि २०२६ देखि पूर्ण स्वचालित हुने।
  • अहिले गुडाइने बस १२ सिटे हुने।

फिनल्यान्डको सार्वजनिक यातायातमा पहिलो पटक ताम्पेरेमा आउँदो सोमबार (नोभेम्बर १७) देखि भाडा लिने चालकबिहीन विद्युतीय बस सञ्चालनमा आउनेछ।

यो सेवा ताम्पेरे सहरको Hervantajärvi र Lintuhytti क्षेत्रबीच सुरु हुनेछ। यसले सहरको ट्राम सेवासँग जोड्ने रुटको रूपमा काम गर्नेछ।

यसअघि ताम्पेरेमा चालकबिहीन बस परीक्षणका रूपमा मात्र देखिएका थिए। तर सोमबारदेखि सुरु हुने यो सेवाले यात्रुसँग भाडा पनि लिनेछ।

ताम्पेरेको यातायात प्राधिकरण Nysse का अनुसार सेवा सुरु हुँदा रोबोट बसमा एक सुरक्षा चालक हुनेछन्। तर २०२६ को सुरुवाती देखि रोबोट बसहरू पूर्ण रूपमा चालकबिहीन हुनेछन्। यसको सञ्चालन कसरी भैरहेको छ भनेर टाढाको नियन्त्रण केन्द्रबाट निगरानी भने गरिनेछ।

यो उच्च प्रविधिको बस Remoted नामक कम्पनीले विकास गरेको हो। यसका प्रमुख कार्यकारी तानु निमिनेनले Yle लाई बताए अनुसार यो रुट फिनल्यान्डको पहिलो व्यावसायिक रोबोट बस हो।

विज्ञापन
विज्ञापन सकियो

Nysse का अनुसार रोबोट बस सोमबार देखि शुक्रबारसम्म बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ। सप्ताहन्तमा यो बिहान ९ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

बसले हरेक दिनको बीचमा करिब एक घण्टा चार्ज ब्रेक पनि लिनेछ।

बसले हरेक दिनको बीचमा करिब एक घण्टा चार्ज ब्रेक पनि लिनेछ। तालिका र रुट Nysse को रुट प्लानरबाट सजिलै हेर्न सकिनेछ।

अवरोध वा रोबोट बस चार्जमा हुँदा मानव-चालित सानो बस पनि उपलब्ध हुनेछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप