विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका सार्वजनिक क्षेत्रमा काम गर्नेको तलब ७.८ प्रतिशतले बढ्ने

यो सम्झौताले राज्य, स्वास्थ्य क्षेत्र र नगरपालिकाका गरी करिब ५.५ लाख कर्मचारीहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ। स्वास्थ्य क्षेत्रमा काम गर्ने धेरै नेपालीहरू समेत लाभान्वित हुनेछन्।

.संक्षेपमा.


  • तलब बृद्धिबाट करिब ५.५ लाख कर्मचारीहरू लाभान्वित हुने।
  • यो नतिजालाई कर्मचारी संघको ठूलो जीतको रूपमा हेरिएको छ।
  • राज्य, स्वास्थ्य क्षेत्र र नगरपालिकामा काम गर्नेहरू लाभान्वित।

फिनल्यान्डको सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले आगामी तीन वर्षको अवधिमा कुल ७.८ प्रतिशत तलब वृद्धि पाउने भएका छन्। यो सम्झौताले राज्य, स्वास्थ्य क्षेत्र र नगरपालिकाका गरी करिब ५.५ लाख कर्मचारीहरूलाई प्रत्यक्ष प्रभाव पार्नेछ।

श्रमिक संघहरू र सरकारी निकायबीच भएको यो सम्झौताले विशेषगरी नगरपालिका र स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको तलब कार्यक्रमलाई निरन्तरता दिएको छ। यद्यपि यो वृद्धि मौजुदा योजनामा प्रस्तावित दरभन्दा केही कम छ। राज्यका करिब ७६,००० कर्मचारीहरू र स्थानीय तथा स्वास्थ्य क्षेत्रका थप ५ लाख कर्मचारीहरू यस सम्झौताबाट लाभान्वित हुनेछन्।

सम्झौता कार्यान्वयनका लागि विभिन्न पक्षहरूको स्वीकृति आवश्यक पर्नेछ। जुको (JUKO) प्रशासनले पहिले नै राज्यको वार्ता परिणामलाई स्वीकृति दिइसकेको छ। अन्य संघहरू (जस्तै PRO र JHL) ले पनि छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने जनाईएको छ।

सरकारी र नगर तथा कल्याणकारी क्षेत्रका कर्मचारीहरूले वार्तामा कम्तिमा पनि सामान्य बजार दर अनुसारको तलब वृद्धिको माग गर्दै आएका थिए। साथै नगर र कल्याणकारी क्षेत्रका कर्मचारीहरूले तलब बढाउन दबाब दिएका थिए। रोजगारदाता पक्षले सार्वजनिक अर्थतन्त्रको कमजोर अवस्थाका कारण तलब वृद्धि सम्भव नभएको तर्क गर्दै आएको थियो।

विज्ञापन
विज्ञापन सकियो
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप