संग्रह गर्नुहोस्।
संग्रहित

सान्ना मारिनको पुस्तक अमेरिकामा बन्यो ‘बेस्टसेलर’

फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मरिनको नयाँ पुस्तक ‘यूएसए टुडे’ को सर्वाधिक बिक्री हुने सूचीमा परेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • ‘यूएसए टुडे’ को सूचीमा १८ औं स्थानमा।
  • अंग्रेजी संस्करणको नाम ‘होप इन एक्सन’।
  • फिनिस संस्करणको नाम ‘तोइभो अन तेकोया’।

फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मरिनको पुस्तक होप इन एक्सन अमेरिकामा ‘बेस्टसेलर’ बनेको छ। उनको यो पुस्तक प्रतिष्ठित अमेरिकी सञ्चारमाध्यम ‘यूएसए टुडे’ को सर्वाधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्न सफल भएको हो।

अंग्रेजीमा यो पुस्तकको पुरा नाम Hope in Action: A Memoir About the Courage to Lead राखिएको छ। अमेरिकामा यसको प्रकाशन स्क्रिबनर प्रकाशनले गरेको हो। उक्त पुस्तक फिनिस लगायत अन्य भाषामा पनि प्रकाशित छ। फिनिसमा उक्त पुस्तकको नाम Toivo on tekoja राखिएको छ।

‘यूएसए टुडे’ का अनुसार मारिनको पुस्तकको अंग्रेजी संस्करण १८ औं सर्वाधिक बिक्री हुने पुस्तक बनेको छ। यो पत्रिकाले हरेक हप्ता १५० वटा सर्वाधिक बिक्री हुने पुस्तकहरूको सूची सार्वजनिक गर्छ।

यो वरीयता नोभेम्बर ९ देखिको बिक्री तथ्यांकमा आधारित रहेको छ। अमेरिकी मिडियाले वालमार्ट जस्ता ठूला चेन पसल, अनलाइन स्टोर र स्वतन्त्र पुस्तक पसलहरूबाट बिक्रीको तथ्यांक संकलन गर्छन्।

विज्ञापन

‘यूएसए टुडे’ ले सन् १९९३ देखि ‘बेस्टसेलर’ सूची प्रकाशित गर्दै आएको छ। एउटै सूचीमा विधा नछुट्याई हप्ताभरिकै सर्वाधिक बिक्री हुने सबै खालका पुस्तकहरू समावेश गरिन्छ।

मारिनको पुस्तकले फिनल्यान्डमा समेत राम्रो चर्चा कमाएको छ।

मारिनको पुस्तकले फिनल्यान्डमा समेत राम्रो चर्चा कमाएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप