संग्रह गर्नुहोस्।
संग्रहित

नेपाली उद्यमीका लागि एनआरएन फिनल्यान्डको विशेष कार्यक्रम, फिनिस सांसद पनि सहभागी हुने

कार्यक्रमको प्रमुख आकर्षण विशेषज्ञ सत्र हुनेछ। उक्त सत्रमा व्यावसायिक विशेषज्ञहरूले फिनल्यान्डका सरकारी तथा सहर स्तरका टेन्डर कसरी खोज्ने र कसरी आवेदन दिने भन्नेबारे जानकारी दिनेछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • नेपाली उद्यमीहरूलाई एकै ठाउँमा ल्याउने एनआरएनए फिनल्यान्डको पहल।
  • सरकारी टेन्डर प्रक्रियाबारे विशेषज्ञहरूले व्यावहारिक जानकारी दिने।
  • फिनिस सांसद एभेलिना हेइनालुओमाले मुख्य सम्बोधन गर्ने।

फिनल्यान्डमा रहेका नेपाली उद्यमीहरूबीच सहकार्य बढाउन र नयाँ व्यावसायिक अवसरहरू खोज्न गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डले एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

“सहकार्य र नवप्रवर्तन २०२५” नाम दिइएको यो कार्यक्रम नोभेम्बर ३० मा हेलसिन्कीमा सम्पन्न हुँदैछ।

कार्यक्रमको मुख्य उद्देश्य फिनल्यान्डमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराउनु हो।

एनआरएनए फिनल्यान्डका अनुसार कार्यक्रममा सहभागी हुने नेपाली उद्यमीहरूले एक-अर्काका सेवा र उत्पादनबारे जान्ने र सहकार्यका नयाँ सम्भावनाहरू खोज्ने अवसर पाउनेछन्।

विज्ञापन

कार्यक्रमको एक प्रमुख आकर्षण विशेषज्ञ सत्र हुनेछ। उक्त सत्रमा व्यावसायिक विशेषज्ञहरूले फिनल्यान्डका सरकारी तथा सहर स्तरका टेन्डर (Tenders) कसरी खोज्ने र त्यसका लागि कसरी आवेदन दिने भन्नेबारे व्यावहारिक जानकारी दिनेछन्।

कार्यक्रममा फिनिस सांसद एभेलिना हेइनालुओमा (Eveliina Heinäluoma) ले उद्यमशीलताको विषयमा सम्बोधन गर्नेछिन्। उनी सोसल डेमोक्रेटिक पार्टीकी सांसद हुन्।

यसबाहेक कार्यक्रममा नेपाली उद्यमीहरूको परिचय, नेटवर्किङ सत्र र “NRN Entrepreneurs Circle Finland” को सम्भावित घोषणा पनि हुन सक्ने एनआरएनए फिनल्यान्डले जनाएको छ।

यो कार्यक्रम एनआरएनए फिनल्यान्डको नयाँ खाले कार्यक्रम रहेको र यो एउटा राम्रो सुरुवात हुने विश्वास आफूले लिएको एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौलाले नेपालीलाइनेनलाई बताए। 

यो कार्यक्रम फिनल्यान्डमा बसोबास गर्ने सबैखाले नेपाली उद्यमीहरूका लागि लक्षित छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो भेटघाट ३० नोभेम्बर आइतबारका दिन साँझ ५ बजेदेखि ८ बजेसम्म हेलसिन्कीको Koskelantie 5 मा रहेको चौतारी रेस्टुरेन्टमा आयोजना हुँदैछ।

फिनल्यान्डमा व्यवसाय सञ्चालन गरिरहेका सबै नेपाली उद्यमीहरूलाई कार्यक्रममा सहभागी हुन र आफ्नो उपस्थिति सुनिश्चित गर्न आयोजकले दर्ता फारम भर्न आग्रह गरेको छ। साथै कार्यक्रमको फेसबुक इभेन्ट पेज पनि सार्वजनिक गरिएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यसै साता बाटो लगायतका कम्पनीहरूले पनि नेपाली स्टार्टअप भेलाको घोषणा गरेका छन्। एनआरएनए फिनल्यान्डको यो कार्यक्रम भने स्टार्टअपहरूका लागि मात्र नभएर फिनल्यान्डमा बसोबास गर्ने सबैखाले नेपाली उद्यमीहरूका लागि लक्षित छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप