संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको पूर्वी उसिमा क्षेत्रमा अनौठो घटना: भालुले ४० किलो मह चोरेर खाएपछि प्रहरी हैरान

मह पारखी एउटा भालुले बारम्बार मौरीपालन केन्द्रमा पसेर मह खाएपछि प्रहरीले त्यसलाई सो क्षेत्रबाट धपाउने आदेश दिएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • पूर्वी-उसिमा क्षेत्रमा एक भालुले चोर्यो करिब ४० किलो मह।
  • आपराधिक दायित्व नहुने भएकाले भालुलाई धपाउने प्रहरीको आदेश।
  • मह भालुहरूको प्रिय खानेकुरा।

फिनल्यान्डको पूर्वी-उसिमास्थित मान्तसाला क्षेत्रमा एउटा भालुले ४० किलो मह चोरेर खाएपछि स्थानीय प्रहरीले त्यसलाई धपाउने आदेश दिएको छ। बारम्बार मौरीपालन केन्द्रमा पसेर मह चोरेपछि उक्त भालुलाई त्यहाँबाट हटाउन लागिएको हो।

पूर्वी-उसिमा प्रहरी विभागले फेसबुक मार्फत दिएको जानकारी अनुसार उक्त भालु मौरीपालन गरिएको क्षेत्रमा पटक-पटक पसेको थियो। भालु त्यहाँ आउनुको मुख्य कारण अनुमति बिना मह खानु नै रहेको बताइएको छ।

भालुहरूलाई मह असाध्यै मन पर्छ र यो उनीहरूको आहारको एक प्रिय हिस्सा हो। भालुहरूले महको स्वादका लागि मात्र नभई त्यसमा पाइने उच्च क्यालोरी र ऊर्जाका लागि पनि मौरीका घारहरू खोज्ने गर्छन्। भालुहरूले महसँगै मौरीका लार्भा र प्युपा पनि खान्छन्, जुन उनीहरूका लागि प्रोटिन र बोसोको राम्रो स्रोत हो।

वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार भालुहरूले महको मिठासलाई निकै रुचाउँछन् र उनीहरूको सुँघ्ने क्षमता यति तीव्र हुन्छ कि धेरै टाढाबाट पनि मौरीको घार पत्ता लगाउन सक्छन्।

विज्ञापन

फिनल्यान्डको कानुन अनुसार जनावरले आपराधिक दायित्व बहन गर्दैनन्। त्यसैले उक्त भालुलाई चोरी गरेको आरोपमा कुनै जरिवाना वा सजाय दिन मिल्दैन।

सजाय दिन नमिल्ने भएपछि प्रहरीले भालुलाई सो क्षेत्रबाट धपाउने निर्णय गरेको हो। प्रहरीले भालु धपाउने जिम्मा स्थानीय वन्यजन्तु व्यवस्थापन संघलाई दिएको छ। यद्यपि, ठूला जंगली जनावरलाई धपाउन भनाइ जति सजिलो भने हुँदैन।

फिनल्यान्डमा जंगली जनावरहरू मानव बस्तीमा पस्नु सामान्य जस्तै हो, तर उनीहरूलाई त्यहाँबाट हटाउन हम्मेहम्मे पर्ने गर्छ।

गत वर्ष किर्क्कोनुम्मीमा यस्तै एउटा घटना भएको थियो। मानिसको बस्तीमा पसेको एउटा ‘मुस’ (मृग प्रजातिको ठूलो जनावर) लाई प्रहरीले साइरन बजाएर तर्साउन खोजेको थियो। तर प्रहरीको उक्त प्रयासबाट क्रुद्ध बनेको मुसले उल्टै प्रहरीको गाडी नै मर्मत गर्नुपर्ने गरी तोडफोड गरिदिएको थियो।

भालूले यसरी मौरीका घारहरू भत्काएर मह खाएको थियो। फोटोः पूर्वी-उसिमा प्रहरी विभाग

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप