संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा ट्राफिक नियममा कडाइ: सामान्य गति उल्लङ्घनमा पनि भारी जरिवाना

प्रहरीले सवारी साधनको गति निगरानीमा कडाइ गरेपछि थोरै नियम उल्लङ्घनमा पनि कारबाही बढेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • थोरै मात्र तीव्र गतिमा गाडी चलाउँदा पनि चालकलाई जरिवाना।
  • एक वर्षको अवधिमा ८२ प्रतिशतले कारबाही वृद्धि।
  • अटोमेटिक क्यामेरा र गस्ती सवारीबाट कडा निगरानी।

फिनल्यान्डमा प्रहरीले सवारी साधनको गति निगरानीमा कडाइ गरेको छ। सार्वजनिक प्रसारक YLE मा प्रकाशित एक रिपोर्टका अनुसार यसले गर्दा थोरै मात्र गति नाघ्ने चालकहरूले पनि सजाय पाउने क्रम बढेको छ।

सन् २०२५ को सुरुदेखि र २०२६ को सुरुसम्म प्रतिघन्टा १० किलोमिटरभन्दा कमको तीव्र गतिमा दिइएको जरिवाना ८२ प्रतिशतभन्दा बढीले बढेको छ। सो अवधिमा प्रहरीले अटोमेटिक क्यामेरा निगरानीका आधारमा करिब १ लाख १५ हजार जरिवाना तिराएको हो।

यसको मुख्य कारण गत वर्षको समरदेखि लागू गरिएको कडा नियम हो। यसअघि प्रहरीले ७ किलोमिटर प्रतिघन्टाभन्दा कम गति नाघ्दा जरिवाना गर्ने गरेको थिएन।

अहिले एकदमै थोरै मात्र गति सीमा नाघ्दा पनि सजाय हुन सक्छ। यद्यपि, सम्भावित मापन त्रुटिलाई ध्यानमा राख्दै प्रहरीले मापन गरिएको गतिबाट ३ किलोमिटर प्रतिघन्टा भने घटाउने गरेको छ।

विज्ञापन

जरिवानाको यो वृद्धि विशेषगरी प्रहरीका अटोमेटिक क्यामेरा जडान गरिएका गस्ती सवारीसाधनहरूमा बढी देखिएको छ। ती सवारीसाधनबाट गरिएको मापनका आधारमा जरिवाना १२३ प्रतिशतले बढेको छ।

त्यसैगरी, सडकमा रहेका स्थिर क्यामेरा (क्यामेरा पोल) का आधारमा दिइएको जरिवानामा ६२ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। दुवै माध्यमबाट करिब ३२ हजार २०० को हाराहारीमा थप जरिवाना जारी गरिएको छ।

“प्रायः अटोमेटिक गाडी चलाउँदा स्पिडको त्यति धेरै महसुस नहुँदा जरिवानामा पर्ने सम्भावना बढी हुँदोरहेछ।” नेपालीलाइनेनका हेलसिन्कीबासी पाठक बिक्रम केसीले आफ्नो अनुभव बताए। “म पनि यसअघि केही पटक स्पिड क्यामेरामा परेको थिएँ। यसपटक त नयाँ अटोमेटिक स्पीड कन्ट्रोल क्यामराले समात्यो। गति सीमा भन्दा ७ किमि/घण्टा बढी भएको रहेछ, त्यसैले १००€ जरिवाना तिर्नुपर्‍यो।”

गाडी चलाउँदा स्पिडमा विशेष ध्यान दिन ‍उनले सबैलाई अनुरोध गरे।

फिनट्राफिकको नयाँ रिपोर्टअनुसार फिनल्यान्डमा तीव्र गतिमा सवारी चलाउनु अझै पनि सामान्य छ। सन् २०२४ को गर्मीयाममा ४४ प्रतिशत चालकले र सन् २०२४–२०२५ को जाडोयाममा ५३ प्रतिशत चालकले तीव्र गतिमा सवारी चलाएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखिन्छ र साना ट्राफिक नियम उल्लङ्घनमा पनि जरिवाना लगाउने प्रावधान छ। ट्राफिक क्यामेराहरूले फोटो खिचेपछि उक्त सवारी साधनको दर्ता गरिएको मालिकको ठेगानामा सिधै जरिवाना पत्र पठाइन्छ।

फिनल्यान्डमा बस्ने नेपाली आप्रवासीहरूले पनि यहाँको सवारी गति सीमालाई कडाइका साथ पालना गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, किनकि सानो लापरवाहीले पनि आर्थिक जरिवाना निम्त्याउन सक्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

थप गरेिएकोः बिक्रम केसीको अनुभव (30.07. 2026, 12:30)

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप