संग्रह गर्नुहोस्।
संग्रहित

ड्रोन खतराको चेतावनीले जनजीवन व्यापक प्रभावित, सुरु भयो सरकारको आलोचना

फिनल्यान्डको राजधानी क्षेत्रमा ड्रोनको सम्भावित खतराको चेतावनीपछि त्यसको प्रभाव दिनभरि नै रह्यो। घटना सामान्य नै भएपनि सरकारको फितलो सञ्चारका कारण सर्वसाधारण ठूलो मारमा परेको भन्दै आलोचना समेत सुरु भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ड्रोनको खतराको चेतावनीका कारण राजधानी क्षेत्रमा ४०० बस सेवा रद्द।
  • बिहानको समयमा हेलसिन्की-भान्ता विमानस्थल बन्द र आपतकालीन चेतावनी जारी।
  • फितलो सरकारी सञ्चार र सूचना प्रणालीप्रति सुरु भयो आलोचना।

फिनल्यान्डको राजधानी क्षेत्रमा शुक्रवार बिहान जारी गरिएको सम्भावित ड्रोन खतराको सूचनाका कारण जनजीवन नराम्ररी प्रभावित हुन पुग्यो।

ड्रोन खतराको सूचना बिहान ३.४९ बजे राजधानी हेलसिन्की लगायत उसिमा क्षेत्रमा बस्ने करिब १८ लाखलाई पठाइएको थियो।

सुरक्षा निकायको चेतावनीपछि सार्वजनिक यातायातका चालकहरू घरमै बस्दा ४०० भन्दा बढी स्थानीय बस सेवाहरू रद्द भएका थिए। बिहान ५ बजेदेखि १० बजेको बिचमा सार्वजनिक यातायातमा अवरोध हुँदा काममा निस्किएका सर्वसाधारण मर्कामा परेका थिए।

ड्रोनको त्रासका कारण राजधानी क्षेत्रका केही एस-मार्केट र आलेपाजस्ता खाद्यान्न पसलहरू पनि ढिलो गरी खुलेका थिए।

विज्ञापन

राजधानी क्षेत्रका सामाजिक, स्वास्थ्य तथा उद्धार सेवामा केही कर्मचारी अनुपस्थित भएका कारण खास गरि स्वास्थ्य सेवामा पनि प्रभाव परेको थियो। हिजो समय बुक गरेका तर उपस्थित हुन नसकेकालाई कुनै जरिवाना नलाग्ने अधिकारीहरूले स्पष्ट पारेका छन्।

घटनाको सबैभन्दा ठुलो प्रभाव सायद हेलसिन्की-भान्ता विमानस्थलमा परेको थियो। आपत्कालीन चेतावनी जारी गरिएपछि हेलसिन्की-भान्ता विमानस्थल पूर्णतः बन्द गरिएको थियो।

बिहान ७ बजेपछि अवस्था सामान्य बन्दै गएपछि विमानस्थल चालु भएको थियो, तर अनेकौँ उडानहरू ढिलो हुँदा यात्रुहरूले दिनभरि सास्ती खेप्नु परेको थियो।   

सुरु भयो सरकारको आलोचना

प्रधानमन्त्री पेत्तेरी ओर्पो र सुरक्षा अधिकारीहरूले हिजो बिहान ११ः३० बजे आयोजित एक पत्रकार सम्मेलनमा ड्रोन खतराको चेतावनीबारे थप जानकारी दिएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

ड्रोनको खतरा घोषणा गरिए पनि उक्त ड्रोन अहिलेसम्म भेट्टाउन सकिएको छैन। सुरक्षा अधिकारीहरूका अनुसार ड्रोन फिनल्यान्ड छिर्नुभन्दा अगाडी नै हराएको वा, फिनल्यान्ड छिरेपछि कतै खसिसकेको हुनसक्छ।

घटनापछि जनजीवन सामान्य बनेको छ, तर यो घटनाले ‘फिनल्यान्डको सङ्कटकालीन सूचना प्रणाली र अधिकारीहरूको सञ्चार क्षमतामा ठुलो कमजोरी उजागर गरेको’ भन्दै आलोचना सुरु भएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्डको प्रमुखमध्ये एक हेलसिन्गिन सानोमात पत्रिकाले ड्रोनको त्रासले पूरै समाजलाई नै अस्तव्यस्त बनाउन मिल्दैन भन्ने शीर्षकमा लामो सम्पादकीय लेख्दै यति सानो घटनाको प्रभाव यति ठुलो हुँदा साँच्चिकै ठुलो घटना भए सरकारले कसरी सामना गर्ला भनी प्रश्न गरेको छ।

उक्त पत्रिकाले सर्वसाधारणलाई खतराको सुचना दिए पनि ‘के गर्ने वा के नगर्ने’ भन्ने स्पष्ट निर्देशन नदिएको भन्दै सरकारको आलोचना गरेको हो।

“ड्रोन युद्धको चार वर्ष लामो अनुभव भइसकेपछि पनि फिनल्यान्ड किन यस्तो अवस्थामा पुग्यो, जहाँ लाखौँ मानिसहरूलाई आपत्कालीन चेतावनी त दिइयो, तर उनीहरूले के गर्ने भन्नेबारे कुनै स्पष्ट निर्देशन नै दिइएन। प्रधानमन्त्री पेत्तेरी ओर्पोले अब यो प्रश्नको जवाफ दिनुपर्छ,” उक्त पत्रिकाले लेखेको छ।

हिजोको घटनामा प्राविधिक समस्या समेत देखिएको थियो। ११२ सुओमी एपमा आएको प्राविधिक गडबडीका कारण खतरा टरेको सूचना नागरिकसम्म पुग्न निकै समय लागेको थियो।

“यस्तो अवस्थामा ‘कम प्रतिक्रिया दिनुभन्दा बढी प्रतिक्रिया दिनु नै राम्रो हो’ भनेर कसैले भन्ला, तर यो कुरा एउटा हदसम्म मात्र सही हुन्छ। सङ्कटको बेला समाजको कार्यक्षमता लडाकु विमान, राडार वा प्रतिरक्षा प्रणालीले मात्र धान्दैन। असामान्य परिस्थितिमा पनि अस्पताल, विद्यालय र सामान्य कामकाज जस्ता समाजका आधारभूत कुराहरू सकेसम्म सामान्य रूपमा चल्नुपर्छ। तर अहिले त १८ लाख मानिसहरूलाई घरभित्रै बस्न भनियो,” उक्त पत्रिकाको सम्पादकीयमा भनिएको छ।

विपक्षी नेता तथा फिनल्यान्डको भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट गरिएका सोसल डेमोक्रेटिक पार्टीका अध्यक्ष आन्ति लिन्डमानले पनि उक्त घटनाले फिनल्यान्डको चेतावनी र सूचना प्रणाली अझै पनि चुस्त भई नसकेको देखिएको भन्दै त्यसका लागि सन् २०२७ कुर्न नसकिने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।

केस्कुस्ता, ग्रिन पार्टी लगायतका विपक्षी नेताहरूले पनि अधिकारीहरूले झन्डै १८ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरे पनि स्पष्ट निर्देशन नदिँदा अन्योल बढेको भन्दै सरकारको आलोचना गरेका छन्।

हिजोको घटनामा प्राविधिक समस्या समेत देखिएको थियो। ११२ सुओमी एपमा आएको प्राविधिक गडबडीका कारण खतरा टरेको सूचना नागरिकसम्म पुग्न निकै समय लागेको थियो।

फिनल्यान्डको ड्रोन रक्षा प्रणाली अझै पनि निर्माणकै चरणमा रहेका कारण नयाँ प्रकारका खतराहरूसँग जुध्न संरचनागत कठिनाइ देखिएको सरकारी पक्षले बताउँदै आएको छ। यसअघि डेनमार्कमा पनि ड्रोनको भ्रमका कारण हजारौँ झुट्टा सूचना फैलिएर सुरक्षा संयन्त्र नै त्रासमा परेको इतिहास छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप