संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका उत्कृष्ट रेस्टुरेन्टको सूचीमा दुई नेपाली पनि, यस्ता छन् २०२५ का ‘SYÖ!’ विजेता

सन् २०२५ को 'SYÖ!' अभियानमा उत्कृष्ट स्वाद र सेवा प्रदान गरेका रेस्टुरेन्टको सुचीमा दुई नेपाली रेस्टुरेन्ट पनि पर्न सफल भएका छन्।

संक्षेपमा


  • उत्कृष्ट सूचीमा परे मालती अखण्ड नेपाली रेस्टुरेन्ट।
  • हेलसिन्की हेर्तोनियमीको नुडल स्टोरी फिनल्यान्डकै सर्वोत्कृष्ट घोषित।
  • जनवरीमा फेरि सुरु हुनेछ ‘SYÖ!’ अभियान।

फिनल्यान्डको चर्चित रेस्टुरेन्ट अफर अभियान SYÖ!-viikot ले सन् २०२५ का उत्कृष्ट रेस्टुरेन्टहरूको सूची सार्वजनिक गरेको छ। उक्त प्रतिष्ठित सूचीमा हेलसिन्कीका दुई नेपाली रेस्टुरेन्ट पनि पर्न सफल भएका छन्।

सो सूचिमा पर्न सफल रेस्टुरेन्टहरूले उत्कृष्ट खाना र न्यानो सेवामार्फत ग्राहकको मन जितेको मानिन्छ।

सूचीमा परेको मालती नेपाली रेस्टुरेन्टले ५ मा ४.६० को औसत अङ्क प्राप्त गरेको छ। उक्त रेस्टुरेन्ट हेलसिन्कीको पोस्ती पुइस्तोमा अवस्थित छ।

त्यस्तै अर्को नेपाली रेस्टुरेन्ट अखन्डले पनि ४.५० अङ्कसहित ग्राहकको मन जितेर उक्त सूचिमा समावेश हुन सफल भएको छ। अखण्ड हेलसिन्कीको पितायानमाकी क्षेत्रमा अवस्थित छ।

SYÖ!-viikot ले सार्वजनिक गरेको हेलसिन्की राजधानी क्षेत्रका उत्कृष्ट १५ रेस्टुरेन्टको सूचिमा मालती दसौँ नम्बरमा छ भने अखण्ड चौधौँ नम्बरमा छ।

समग्र सूचीको शीर्ष स्थानमा भने हेलसिन्की हेर्तोनियमीमा रहेको नुडल स्टोरी रेस्टुरेन्ट छ। उक्त रेस्टुरेन्टले ५ मा ५ अङ्क नै प्राप्त गर्दै सन् २०२५ को उत्कृष्ट ‘SYÖ!’ रेस्टुरेन्टको उपाधि पाएको हो।

यो सुची सन् २०२५ मा प्राप्त २,४४५ ग्राहक समीक्षाहरूमा आधारित छ। सूचीमा समावेश हुन रेस्टुरेन्टले कम्तीमा पाँच समीक्षा र ४.५ भन्दा माथिको औसत रेटिङ प्राप्त गरेको हुनुपर्थ्यो।

यो सुचीमा SYÖ!-viikot अभियानमा सहभागी नभएका रेस्टुरेन्टहरू भने समेटिएका छैनन्।

SYÖ!-viikot अभियानमा सहभागी रेस्टुरेन्टले अभियान चलेका बेला आफ्नो मेनुका महँगा आइटमहरू पनि १२ युरोको निश्चित मूल्यमा बेच्ने गर्दछन्।

फिनल्यान्डमा यो अभियानले विगत ३० वर्षदेखि मानिसहरूलाई नयाँ स्वाद चाख्न प्रोत्साहित गर्दै आएको छ। आयोजकका अनुसार यसको मुख्य उद्देश्य मानिसहरूलाई घरको सोफाबाट उठाएर रेस्टुरेन्टको अनुभव दिलाउनु हो।

फिनल्यान्डमा यो अभियानले विगत ३० वर्षदेखि मानिसहरूलाई नयाँ स्वाद चाख्न प्रोत्साहित गर्दै आएको छ।

यस्ता छन् अरू मन पराइएका रेस्टुरेन्ट

उत्कृष्ट रेस्टुरेन्टको सूची हेर्दा हेलसिन्कीमा ग्राहकहरूले विशेष गरी नयाँ स्वाद र स्तरीय ‘स्ट्रिट फुड’ रुचाएको देखिन्छ। हेलसिन्कीको केन्द्रमा रहेको Bröner र र Daddy Greens Pizzabar Iso Roba जस्ता रेस्टुरेन्टले ४.८० को उच्च अङ्क प्राप्त गरेका छन्।

ताम्पेरे र तुर्कुमा पनि विभिन्न शैलीका रेस्टुरेन्टहरूले सफलता हात पारेका छन्। ताम्पेरेमा Don Franco र तुर्कुमा Ravintola Pikkupihvi ग्राहकको मुख्य रोजाइमा परे।

‘SYÖ!’ अभियान फेरी जनवरी महिनामा सुरु हुने आयोजकले जनाएको छ।


राजधानी क्षेत्र (टप १५)

  1. Noodle Story Hertsi
  2. Bröner Rautatientori
  3. Daddy Greens Pizzabar Iso Roba
  4. Krung Thep Thai Bistro Kalasatama
  5. Be My Guest
  6. Niska Helsinki
  7. Junk y Vegan
  8. Bentosi
  9. Mojo Street Food
  10. Malati Nepalilainen ravintola
  11. Red Onion x Deluxe Burger & Pizza
  12. Momento Eliel
  13. Burgers & Wine Tripla
  14. Akhanda Nepalilainen ravintola
  15. Bröner Kallio

ताम्पेरे

  1. Don Franco
  2. Biáng! Hämeenkatu
  3. Afgan Ravintola
  4. Guru’s Kitchen & Bar

तुर्कु

  1. Ravintola Pikkupihvi
  2. Cup & Pint

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप