संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको यात्कासारीमा दुःखद घटना: भवनको छतबाट खसेर दुई किशोरीको मृत्यु

प्रहरीले घटनामा कुनै अपराधको आशंका गरेको छैन र मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्कीको यात्कासारी (Jätkäsaari) क्षेत्रमा शनिबार साँझ एक दुःखद घटनामा करिब १५ वर्षका दुई किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरू एक भवनको छतबाट खसेका थिए।

प्रहरीले घटनालाई मृत्युको कारण पत्ता लगाउने अनुसन्धानको रूपमा हेरेको छ। यसमा कुनै आपराधिक कार्यको संलग्नता नरहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले शनिबार राति करिब ९ बजे यात्कासारीमा दुई व्यक्ति अग्लो ठाउँबाट खसेको सूचना पाएको थियो। घटनास्थलमा तत्कालै प्रहरी र आपतकालीन सेवाका धेरै टोलीहरू पुगेका थिए।

प्रहरीका अनुसार दुई किशोरी भवनको छतबाट तल खसेका थिए। दुवैलाई घटनास्थलमा पुनर्जीवित गर्ने प्रयास गरिए पनि गम्भीर चोटपटकका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

विज्ञापन

घटना भएको समयमा घटनास्थलमा धेरै प्रत्यक्षदर्शीहरू थिए। यो घटनाबाट प्रभावित भएकाहरूका लागि हेलसिन्की सहरले आपतकालिन परामर्श (kriisiapua) सेवा उपलब्ध गराएको छ। चौबीसै घण्टा खुला रहने हेल्पलाइन नम्बर +३५८ ९ ३१०४ ४२२२ मा सम्पर्क गरेर सहयोग लिन सकिनेछ।

प्रहरीले हाल यस घटनामा कुनै अपराधको आशंका नगरेको र यसलाई मृत्युको कारणबारे अनुसन्धान को रूपमा अगाडि बढाएको जनाएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप