संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको माल्मीनकार्तानोमा हिंसात्मक घटनाः एक महिलाको मृत्यु, पुरुष गम्भीर घाइते

शनिबार दिउँसो एक निजी अपार्टमेन्टमा प्रहरीले अचेत अवस्थामा महिला र घाइते पुरुष फेला पारेको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • महिलाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि।
  • गम्भीर घाइते पुरुषमाथि हत्याको आशंका।
  • घटनास्थलमा प्रहरीद्वारा अनुसन्धान जारी।

हेलसिन्कीको माल्मीनकार्तानोस्थित एक निजी निवासमा भएको हिंसात्मक घटनामा एक महिलाको ज्यान गएको छ भने र एक पुरुष गम्भीर घाइते भएका छन्।

प्रहरीले घटनालाई शंकास्पद हत्याको रुपमा अनुसन्धान गरिरहेको छ।

घटना हिजो शनिबार दिउँसो माल्मीनकार्तानोको Neulastie मा रहेको अपार्टमेन्टमा भएको हो।

प्रहरीले अपार्टमेन्टभित्र एक महिलालाई अचेत र एक पुरुषलाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो।

विज्ञापन

प्रहरीले मिडियालाई दिएको जानकारी अनुसार ती महिलाको मृत्यु भइसकेको छ।

गम्भीर घाइते भएका पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। प्रहरीले उनलाई नै महिलाको हत्या गरेको प्रारम्भिक आशंका गरेको छ।

घटनास्थलमा प्रहरी र एम्बुलेन्सका धेरै टोलीहरू परिचालन गरिएको थियो। प्रहरीले घटनाको पृष्ठभूमि र घटनाक्रमबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप जानकारी अनुसन्धानमा असर नपर्ने गरी मात्र सार्वजनिक गरिने प्रहरीले बताएको छ।

माल्मीनकार्तानो हेलसिन्कीको पश्चिमी भागमा पर्ने आवासीय क्षेत्र हो। यो क्षेत्रमा विदेशी विद्यार्थीहरू लगायत आप्रवासीहरूको पनि बसोबास बाक्लो छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा हुने अधिकांश हत्या वा हिंसाका घटनाहरू प्रायः चिनजानकै व्यक्तिहरू वा पारिवारिक सदस्यहरूबीच हुने तथ्यांकले देखाउँछ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप