संग्रह गर्नुहोस्।
संग्रहित

वोल्ट डेलिभरी चालकले कर्मचारीको रूपमा काम गर्न पाउने, तलब घन्टाको १४ युरो

अब डेलिभरी चालकहरूले उद्यमीको सट्टा कर्मचारीको रूपमा काम गर्ने विकल्प पाउनेछन्, जसअनुसार औसत तलब प्रतिघण्टा १४ युरो हुनेछ।

.संक्षेपमा.


  • वोल्टले यसै महिनादेखि कर्मचारीको रूपमा डेलिभरी चालक भर्ना गर्न सुरु गर्ने।
  • कर्मचारीको औसत तलब प्रतिघण्टा १४ युरो हुने, उद्यमीको औसत कमाई २१ युरो।
  • नयाँ व्यवस्था सुरुमा हेलसिन्की र आसपासको राजधानी क्षेत्रमा मात्र लागू हुने।

फुड डेलिभरी कम्पनी वोल्ट (Wolt) ले आफ्नो पुरानो कार्यशैली परिवर्तन गर्दै यसै महिनादेखि डेलिभरी चालकहरूलाई कर्मचारीको रूपमा नियुक्त गर्न थाल्ने भएको छ।

अहिलेसम्म वोल्टका सबै डेलिभरी चालकहरूले उद्यमीका रूपमा काम गर्दै आएका थिए।

कम्पनीले आगामी केही महिनामा करिब १०० जना चालकलाई कर्मचारीका रूपमा भर्ना गर्ने योजना बनाएको छ। हाल फिनल्यान्डमा वोल्टका लागि करिब १०,००० डेलिभरी चालकहरूले काम गर्छन्। ती मध्ये धेरै आप्रवासीहरू छन्।

वोल्टमा कैयौं नेपालीहरूले पनि डेलिभरीको काम गर्ने गर्छन्।

वोल्टका उत्तरी युरोपका अपरेटिभ डाइरेक्टर योएल यार्भिेनेनका अनुसार अधिकांश चालकहरू उद्यमीका रूपमा काम गर्न र आफ्नो समयअनुसार काम गर्न रुचाउँछन्। तर केही चालकहरूले कर्मचारीको रूपमा काम गर्न चाहेकाले यो नयाँ मोडल ल्याइएको हो।

वोल्टमा कैयौं नेपालीहरूले पनि डेलिभरीको काम गर्ने गर्छन्।

कर्मचारीको रूपमा काम गर्ने यो परीक्षण सुरुमा राजधानी क्षेत्र (हेलसिन्की, एस्पो, भान्ता) मा मात्र लागू हुनेछ। पछि यसलाई फिनल्यान्डका अन्य सहरहरूमा पनि विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।

कर्मचारीको रूपमा काम गर्दा चालकको औसत तलब प्रतिघण्टा करिब १४ युरो हुनेछ। कम्पनीका अनुसार सातामा औसत १४ घण्टा सक्रिय काम गर्ने चालकले करिब १,२४० युरो मासिक तलब कमाउन सक्छन्।

‘सक्रिय काम’ भन्नाले अर्डर लिएर डेलिभरी गर्न लाग्ने समयलाई मात्र जनाउँछ; अर्डर कुरेको समय यसमा गणना हुँदैन।

कर्मचारीको रूपमा नियुक्त हुँदा वोल्टले बिदा र बिरामी हुँदाको तलब जस्ता सुविधाहरूको जिम्मेवारी भने लिनेछ। यद्यपि कामको निश्चित तालिका नहुने भएकाले यी सुविधाहरू कसरी गणना गरिन्छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।

अहिलेको लागि यो नयाँ प्रणाली व्यक्तिगत रोजगार सम्झौता र फिनल्यान्डको श्रम कानुनको न्यूनतम मापदण्डमा आधारित हुनेछ। वोल्टले सेवा क्षेत्रको युनियन PAM सँग सामूहिक सम्झौता (työehtosopimus) का लागि वार्ता गरिरहेको जनाइएको छ।

यो कदमलाई युरोपेली संघ र फिनल्यान्ड सरकारले ल्याउन लागेको नयाँ ‘प्लेटफर्म इकोनोमी’ सम्बन्धी कानुनको तयारीका रूपमा पनि हेरिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप