संग्रह गर्नुहोस्।
संग्रहित

भान्तामा भीषण दुर्घटना: ट्रक र ई-स्कुटर ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

भान्तामा मंगलबार बिहान भएको एक भीषण सडक दुर्घटनामा विद्युतीय स्कुटर (ई-स्कुटर) चालक महिलाको मृत्यु भएको छ।

तिक्कुरिला क्षेत्रमा भएको उक्त दुर्घटनामा ई-स्कुटर र एउटा ट्रक आपसमा ठोक्किएका थिए।

प्रहरीका अनुसार दुर्घटना मंगलबार बिहान करिब ७:३० बजे लेहदोग्की मार्गमा भएको हो। दुर्घटना लगत्तै ती महिलाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। अहिलेका लागि घटनालाई यातायात सुरक्षामा खलल पुर्‍याएको र लापरबाहीका कारण मृत्यु गराएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

अनुसन्धान अघि बढेसँगै कानुनी धारा वा कसुरको वर्गीकरण थप स्पष्ट हुन सक्ने बताइएको छ। दुर्घटनाको मुख्य कारण के थियो भन्नेबारे अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।

फिनल्यान्डका हेलसिन्की र भान्ता लगायतका प्रमुख सहरहरूमा पछिल्लो समय ई-स्कुटरको प्रयोग निकै बढ्दो छ। विशेषगरी गर्मी महिनामा यसको प्रयोग बढी हुने भएकाले सडक सुरक्षा र दुर्घटनाका जोखिमहरू पनि थपिएका छन्।

यहाँ बसोबास गर्ने नेपाली आप्रवासीहरूले पनि व्यस्त सडकहरूमा ई-स्कुटर चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक देखिन्छ। सवारी चालक र पैदलयात्री दुवैले ट्राफिक नियमहरूको पूर्ण पालना गर्दा यस्ता दुखद दुर्घटनाहरू न्यूनीकरण गर्न मद्दत पुग्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप