संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका १२ ‘एप्लाइड साइन्स’ विश्वविद्यालयले गरे पीएचडी पढाई सुरु गर्ने प्रस्ताव

व्यावसायिक क्षेत्रको क्षमता बढाउन र कामदारको दक्षता उकास्न एप्लाइड साइन्स विश्वविद्यालयहरूले पनि पिएचडी डिग्री दिन पाउनुपर्ने माग गरेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • १२ वटा एप्लाइड साइन्स विश्वविद्यालयद्वारा पीएचडी सुरु गर्ने प्रस्ताव।
  • परम्परागत विश्वविद्यालय सरहको शैक्षिक मान्यता हुने।
  • काम गर्दै पीएचडी अनुसन्धान गर्न मिल्ने पाठ्यक्रम बनाउने प्रस्ताव।

फिनल्यान्डका १२ वटा ‘एप्लाइड साइन्स’ विश्वविद्यालय (AMK) ले विद्यावारिधि तहको पढाइ सुरु गर्ने प्रस्ताव गरेका छन्। आगामी सरकारी कार्यकालदेखि नै नयाँ ‘प्रोफेसनल डक्टरेट’ डिग्रीको परीक्षण सुरु गर्नुपर्ने उनीहरूको माग छ।

उक्त प्रस्ताव हेलसिन्कीमा नोभेम्बर ५ मा सार्वजनिक गरिएको हो। उक्त प्रस्तावमा फिनल्यान्डको राजधानी क्षेत्रमा सञ्चालित अधिकांश ठूला एप्लाइड साइन्स कलेजहरू सहभागी छन्।

एप्लाइड साइन्स पीएचडीको उद्देश्य कम्पनीहरूको क्षमता स्तर बढाउनु र फिनल्यान्डको प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्नु रहेको बताइएको छ। युरोपेली विकासक्रममा फिनल्यान्ड पछि पर्ने हो कि भन्ने चिन्ता एप्लाइड साइन्स विश्वविद्यालयहरूको छ।

उनीहरूले जर्मनी, पोर्चुगल र नेदरल्यान्ड्स जस्ता देशमा यस्तो अभ्यास पहिलेदेखि नै रहेपनि फिनल्यान्डमा भने अझै नरहेको बताएका छन्।

विज्ञापन

प्रस्तावित ‘व्यावसायिक विद्यावारिधि’ (Professional PhD) परम्परागत विश्वविद्यालयको विद्यावारिधि सरहको हुनेछ। तर यसले शैक्षिक क्षेत्रको सट्टा कार्यक्षेत्र र उद्योगको फरक आवश्यकता पूरा गर्ने दाबी गरिएको छ।

यो नयाँ डिग्री विशेष गरी काम गरिरहेका विज्ञहरूका लागि लक्षित हुनेछ। जसले आफ्नो क्षेत्र र कार्यस्थललाई अनुसन्धानमार्फत विकास गर्न चाहन्छन्। यसको अर्थ उनीहरूले काम गर्दै पीएचडी डिग्री पूरा गर्न सक्नेछन्।

यस प्रस्तावमा Haaga-Helia,Metropolia, Laurea, HAMK लगायतका नेपाली विद्यार्थीहरूमाझ लोकप्रिय कलेजहरू सहभागी छन्।

सामाजिक संजालमा भने पीएचडी पढाईको स्तर खस्किने र पीएचडीलाई यस्तो हलुका रुपमा लिन नहुने भन्दै धेरैले यो प्रस्तावको विरोध गरेका छन्।

साथै Humak, JAMK, Xamk, KAMK, Oamk, SAMK, Savonia र Arcada पनि यो समूहमा सामेल छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सामाजिक संजालमा भने पीएचडी पढाईको स्तर खस्किने र पीएचडीलाई यस्तो हलुका रुपमा लिन नहुने भन्दै धेरैले यो प्रस्तावको विरोध गरेका छन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप