संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको इइटीमा ५२ वर्षीय पुरुषको हत्या, अभियुक्त १५ वर्षे युवक

फिनल्यान्डको इइटीमा भएको एक हत्याको घटनामा प्रहरीले एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। मृतक हेलसिन्कीबाट सरेका ५२ वर्षीय पुरुष रहेको खुलेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब १४० किलोमिटर दुरीमा रहेको लाहती र कौभोला बिच रहेको इइटी सहरमा आइतबार साँझ एक ५२ वर्षीय पुरुषको हत्या भएको प्रहरीले जनाएको छ।

इइटीको कौसालास्थित एक अपार्टमेन्टमा उक्त हत्याको घटना भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले लापेरान्ता र इइटीमा व्यापक खोजतलास गरेको थियो।

सोमबार प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्ति १५ वर्षीय किशोर भएको र उनीमाथि पहिले कुनै पनि अपराधको अभियोग नलागेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार आइतबार उक्त अपार्टमेन्टबाट प्रहरीले एउटा शव बाहिर निकालेको थियो। त्यसपछि प्रहरीले भवनको वरपर र फोहोर फाल्ने ठाउँहरूमा पनि केही खोजतलास गरेको थियो।

विज्ञापन

सामान्यतया शान्त मानिने उक्त क्षेत्रमा भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको स्थानीय पत्रिकाले लेखेका छन्।

हामे प्रहरी विभागले हत्याको आशंकामा पक्राउ परेका किशोरलाई हिरासतमा राख्न पैयात-हामे जिल्ला अदालतसँग अनुमति मागेको छ।

प्रहरीले घटनाको अनुसन्धानलाई निकै गोप्य राखेको छ र अनुसन्धान जारी रहेकोले थप जानकारी दिन अस्वीकार गरेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप