संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको ताम्पेरेमा बेरोजगारले पाउन सक्नेछन् सार्वजनिक यातायातमा छुट

आर्थिक कठिनाइमा परेका बेरोजगारहरूलाई सार्वजनिक यातायातमा छुट दिने प्रस्ताव ताम्पेरेको नगर परिषदमा दर्ता भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ताम्पेरेमा बेरोजगारलाई नुस्से (Nysse) टिकटमा छुट दिने प्रस्ताव।
  • आर्थिक अभावले बेरोजगारलाई बस टिकट किन्न गाह्रो भएको दाबी।
  • छुटले रोजगारी खोज्न र सामाजिक सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास।

फिनल्यान्डको ताम्पेरे सहरका काउन्सिलर यौनि सिरेन्‌ले बेरोजगार व्यक्तिहरूका लागि सार्वजनिक यातायात (Nysse) को भाडामा छुट दिने प्रस्ताव नगर परिषदमा पेश गरेका छन्।

हाल ताम्पेरेमा विद्यार्थी र ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले मात्र सार्वजनिक यातायातमा छुट पाउँछन्। नयाँ प्रस्ताव पारित भए बेरोजगारले समेत यस्तो छुट पाउन सक्नेछन्।

सिरेन्‌ले धेरै बेरोजगारहरूको आय न्यून भएकाले बस वा ट्रामको टिकट किन्न नसक्ने अवस्था रहेको बताएका छन्। उनले सबै बेरोजगारहरू हिँडेर वा साइकलमा यात्रा गर्न नसक्ने र सबैसँग कार नहुने आफ्नो विज्ञप्तिमा भनेका छन्।

“सबै बेरोजगारका लागि हिँडेर वा साइकल चढेर काम खोज्न जान वा साथीभाइहरूसँग भेटघाट गर्न सम्भव हुँदैन, अनि सबैको आफ्नै गाडी पनि हुँदैन। तर पनि, सबै जना आफ्नो कामविशेषले बाहिर जान, रमाइलो गर्न (हबी) र साथीहरूलाई भेट्न पाउनु पर्छ।”

विज्ञापन

ताम्पेरेको सार्वजनिक यातायातमा २.५० युरोको टिकट काटेर ९० मिनेटसम्म यात्रा गर्न मिल्छ भने मासिक टिकटको मुल्य ६५ युरो रहेको छ।

बेरोजगारलाई यातायातमा छुट दिनु मानवीय र सामाजिक दुवै हिसाबले आवश्यक भएको उनको दाबी छ। यसले रोजगारीको खोजी गर्न मद्दत गर्नुका साथै मानिसहरूलाई समाजबाट एक्लिन नदिने उनको विश्वास छ।

“धेरैजसो बेरोजगार मानिसहरूको आम्दानी निकै कम हुन्छ। कसै-कसैलाई त खान र औषधि किन्नसमेत धौ-धौ पर्छ। त्यस्तो अवस्थामा बस वा ट्रामको टिकट काट्ने पैसा त कहाँ हुनु!” सिरेन् भन्छन्।

Nysse ताम्पेरे क्षेत्रको सार्वजनिक यातायात प्रणाली हो, जसले हेलसिन्की क्षेत्रको HSL ले जस्तै सेवा दिन्छ।

फिनल्यान्डका विभिन्न सहरहरूमा बेरोजगारहरूलाई समाजमा घुलमिल गराउन र काम खोज्न सहज बनाउन यस्ता छुटको विषयमा समय-समयमा बहस हुने गर्छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हेलसिन्की क्षेत्रमा हाल बेरोजगारहरूका लागि मात्रै छुट्टै यातायात छुटको व्यवस्था नभए पनि ताम्पेरेको यो प्रस्ताव पारित भएमा अन्य सहरहरूमा समेत यस्तै नीति ल्याउन दबाब पर्न सक्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप