संग्रह गर्नुहोस्।
संग्रहित

विपत्तिमा नेपाल: फिनल्यान्डबाट सहयोग पठाउन सुरु, यस्तो छ राहत पठाउने उत्तम उपाए

नेपालका बाढीपीडितका लागि फिनल्यान्डवासी नेपालीहरूले व्यक्तिगत र संस्थागत रूपमा सहयोग पठाउन थालेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डमा रहेका नेपालीद्वारा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग।
  • एनआरएनए फिनल्यान्ड लगायतका संस्थाद्वारा सरकारी कोषमा सहयोगका लागि अपिल।
  • अन्तर्राष्ट्रिय बैंक कार्ड प्रयोगकर्ताका लागि सरकारले ल्यायो नयाँ अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे।

नेपालको रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि उब्जेको मानवीय संकटमा राहतस्वरूप फिनल्यान्डमा रहेका नेपालीहरूले तीव्र रूपमा सहयोग सङ्कलन र हस्तान्तरण गरिरहेका छन्।

फिनल्यान्डका नेपालीहरूले स्वतःस्फूर्त व्यक्तिगत र समुहगत रूपमा केही सयदेखि एकैजनाले एक लाख रुपैयाँसम्म सहयोग पठाएको पाइएको छ।

यसरी सहयोग पठाइएका कैयौँ पेमेन्टका ‘स्क्रिन सट’नेपालीलाइनेनले हेरेको छ।

सरदरमा प्रतिव्यक्ति ५ हजारदेखि १० हजार नेपाली रुपैयाँसम्म सहयोग पठाइएको देखिन्छ। सहयोगको वास्तविक आँकडा प्राप्त गर्न कठिन भए पनि कुल रकम दसौँ लाख भएको सहजै आकलन गर्न सकिन्छ।

विज्ञापन

फिनल्यान्ड सरकारले अहिलेसम्म कुनै सहयोगको घोषणा गरेको छैन्। परराष्ट्र मन्त्रालयले घटनामा एकजना फिनिस नागरिक हराएको भने पुष्टि गरेको छ।

फिनिस परोपकारी संस्था Fida ले अहिले तत्कालका लागि ३० हजार युरो सहयोग उपलब्ध गराएको जनाएको छ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाज लगायतका संस्थाहरूले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम पठाउन सबैमा आह्वान गरेका छन्।

मातृभूमिमा परेको यो विपद्का बेला हरतरहबाट सहयोग गर्न नेपालीलाइनेन पनि हाम्रा सम्पूर्ण पाठकमा अनुरोध गर्दछ।

फिनल्यान्डबाट कसरी गर्ने सहयोग?

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

नेपालका बैंक खाता, खल्ती वा ई-सेवा प्रयोग गर्नेहरूले सिधै यहीँबाट नेपाली रुपैयाँमा सहयोग पठाउन सक्छन्।

त्यसैगरी विदेशमा बस्ने तर नेपाली पेमेन्ट सेवा प्रयोग गर्न नसक्ने साथै अन्तर्राष्ट्रिय बैंक कार्ड प्रयोगकर्ताका लागि नेपाल सरकारले नयाँ अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे https://pmdrf.nchl.com.np को व्यवस्था गरेको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो माध्यमबाट व्यक्ति, संघसंस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायले समेत आर्थिक सहयोग पठाउन सक्नेछन्। नेपाली बैंक खाता वा वालेट नचलाउनेका लागि यो नै सहयोग पठाउने उत्तम उपाए हो।

कार्ड प्रयोग नगरी बैंक खातामै पठाउन चाहानेले पनि आफ्नो फिनल्यान्डको बैंक ट्रान्सफर अथवा TapTap, Wise, Revolut जस्ता सेवाहरू प्रयोग गरि रकम पठाउन सक्नेछन्।

नेपाल सरकारले हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकसहित बैंकका खाता सहयोगका लागि सार्वजनिक गरेको छ।

सहयोगका लागि सरकारले उपलब्ध गराएको खाता विवरण।

भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्व लगायतका जिल्लामा क्षति पुगेको छ।

प्रभावित क्षेत्रमा सरकारले खोजी तथा उद्धार कार्य जारी राखेको छ। यसैबीच देशी-विदेशी संघसंस्थाहरूले पनि सहयोगको घोषणा गर्न थालेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप