संग्रह गर्नुहोस्।
संग्रहित

नेपालका बाढीपीडितको सम्झनामा हेलसिन्कीमा मौन धारण कार्यक्रम हुने

फिनल्यान्डमा रहेका नेपालीहरूले नेपालको बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र ऐक्यबद्धता अर्पण गर्ने भएका हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • सेप्टेम्बर २ मा हेलसिन्कीको ह्वाइट चर्चमा मौन धारणा कार्यक्रम हुने।
  • बाढीका मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता प्रकट गरिने।
  • एनआरएनए फिनल्यान्डद्वारा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आह्वान।

नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा फिनल्यान्डको हेलसिन्कीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डको नेतृत्चमा मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारणा कार्यक्रम तय गरिएको हो।

विज्ञापन

उक्त कार्यक्रम आगामी बुधबार, अर्थात् सेप्टेम्बर २ मा हेलसिन्कीस्थित सेतो चर्च (White Church) मा साँझ ६ बजे सुरु हुनेछ।

यो दुःखद घडीमा पीडित परिवारलाई साथ दिन यो कार्यक्रम आयोजना गरिएको एनआरएनए फिनल्यान्डले जनाएको छ।

विज्ञापन

एनआरएनएको पहलमा आयोजना गरिएको भएपनि कार्यक्रम फिनल्यान्डमा बस्ने नेपाली र नेपाललाई माया गर्ने र ऐक्यबद्धता जनाउन चाहाने सबैको भएको एनआरएनएका अध्यक्ष योगेन्द्र संग्रौलाले नेपालीलाइनेनलाई बताए।

नेपालको रसुवा-भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति भएको छ।

फिनल्यान्डमा रहेका नेपालीहरूले यसअघि पनि विपत्ति र संकटको समयमा राहत सङ्कलन र ऐक्यबद्धता कार्यक्रमहरू मार्फत मातृभूमिलाई निरन्तर साथ दिँदै आएका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप