0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्याण्डको तापक्रम वृद्धिदर विश्व औसतभन्दा तीव्र

    सन् २०२४ मा फिनल्याण्डको तापमान औद्योगिक युगभन्दा ३.४ डिग्री सेल्सियसले बढ्यो, जसका कारण मौसमविज्ञहरू चिन्तित बनेका छन्।

    संक्षेपमा.


    • सन् २०२४ फिनल्याण्डको इतिहासमा चौथो सबैभन्दा तातो वर्ष रह्यो।
    • फिनल्याण्डको तापमान वृद्धिदर विश्व औसतभन्दा तीव्र।
    • फिनल्याण्डमा बढ्दो वर्षा र सम्भावित बाढीको चेतावनी।

    फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (FMI)) का अनुसार सन् २०२४ फिनल्याण्डको इतिहासमा चौथो सबैभन्दा तातो वर्षको रूपमा दर्ता भएको छ। विश्वव्यापी तापमान वृद्धिको तुलनामा फिनल्याण्डको तापमान वृद्धिदर झनै तीव्र रहेको पाइएको छ।

    गत वर्ष फिनल्याण्डमा २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम भएका दिनहरूको संख्या ७१ पुग्यो, जुन हालसम्मकै रेकर्ड हो। FMI का मौसमविज्ञ Pauli Jokinen का अनुसार भूमध्य रेखानजिकका क्षेत्रहरूको तुलनामा उच्च अक्षांशका क्षेत्रहरूमा तापमान वृद्धि तीव्र गतिमा भइरहेको छ।

    औद्योगिक युगपूर्व फिनल्याण्डको वार्षिक औसत तापमान प्रायः शून्य डिग्री सेल्सियसभन्दा तल रहने गरेकोमा अहिले लगातार शून्य डिग्री माथि रहन थालेको छ। सन् २०२० मा यहाँको औसत तापमान करिब ५ डिग्री सेल्सियस पुगेको थियो।

    औद्योगिक युगपूर्व फिनल्याण्डको वार्षिक औसत तापमान प्रायः शून्य डिग्री सेल्सियसभन्दा तल रहने गरेकोमा अहिले लगातार शून्य डिग्री माथि रहन थालेको छ।

    सन् २०२४ को जनवरीमा Lapland क्षेत्रमा यस सहस्राब्दिकै सबैभन्दा चिसो तापक्रम -४४.३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर गर्मीयाममा लामो समयसम्म अत्यधिक तातो दिनहरू अनुभव गरियो। Jokinen का अनुसार एकल मौसमी घटनाहरूलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोड्न नसकिए पनि लामो समयसम्म रहने गर्मी लहरहरू विश्वव्यापी तापमान वृद्धिका कारण बढ्दै गएको अध्ययनहरूले पुष्टि गरेका छन्।

    Finnish Climate Change Panel ले पहिले नै बढ्दो वर्षा र सम्भावित बाढीको चेतावनी दिइसकेको छ। नोभेम्बर महिनामा फिनल्याण्डको पश्चिमी तटमा पहिलो पटक ३३.५ मिटर प्रति सेकेण्ड वेगको आँधीबेहरी मापन गरिएको थियो। तर यस्ता आँधीबेहरीको तीव्रता जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्न थप तथ्यांकको आवश्यकता रहेको FMI ले जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप