संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डमा औसत आयु अहिलेसम्मकै उच्च, जन्मदर भने इतिहासकै कम

फिनल्याण्डमा नागरिकको औसत आयु बढेर कीर्तिमानी स्तरमा पुगेको छ। तर जन्मदर भने हालसम्मकै न्यून विन्दुमा झरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा.


  • औसत आयु पुरूषको लागि ७९.६ वर्ष र महिलाहरूको लागि ८४.८ वर्ष पुगेको छ, जुन फिनल्याण्डको इतिहासमा सबैभन्दा उच्च हो।
  • मृत्युदरमा ५ प्रतिशतले कमी। जन्मदर भने सन् १७७६ यताकै न्यून (प्रति महिला १.२५ बच्चा) रहेको छ।
  • गत वर्ष फिनल्याण्डमा जन्मेका झण्डै पाँचमध्ये एक बच्चा विदेशी भाषा बोल्ने आमाबाट जन्मेका थिए।

फिनल्याण्डको तथ्याङ्क विभागले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२४ मा औसत आयु अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। गत वर्ष जन्मेका बच्चामा केटाहरूको औसत आयु ७९.६ वर्ष र केटीहरूको ८४.८ वर्ष रहने अनुमान गरिएको छ। यद्यपि मृत्युदरमा कमी आए पनि जन्मदर भने हालसम्मकै सबैभन्दा न्यून स्तरमा पुगेको छ। विज्ञहरूका अनुसार यसले फिनल्याण्डको जनसांख्यिकीय संरचनामा नयाँ चुनौतीहरू थपेको छ।

तथ्याङ्क विभागका अनुसार सन् २०२३ को तुलनामा महिलाको औसत आयुमा ०.६ वर्ष र पुरूषहरूको आयुमा ०.७ वर्षले वृद्धि भएको हो। यो वृद्धिले फिनल्याण्डमा औसत आयु निरन्तर बढिरहेको दीर्घकालीन प्रवृत्तिलाई देखाउँछ। उदाहरणका लागि सन् १९९४ मा महिलाको औसत आयु ८०.१ वर्ष र पुरूषको ७२.८ वर्ष मात्र थियो।

गत वर्ष फिनल्याण्डमा कूल ५८,२६७ जनाको मृत्यु भयो, जुन सन् २०२३ को तुलनामा करिब ५ प्रतिशतले कम हो। यद्यपि, मृत्युदरमा आएको यो कमीका बाबजुद पनि यो संख्या अझै उच्च रहेको तथ्याङ्क विभागका वरिष्ठ तथ्याङ्कविद् योनी रान्ताकारी बताउँछन्।

“पछिल्ला दुई वर्ष (कोभिड महामारीका बेला) बाहेक ५८,००० भन्दा बढी मृत्यु भएको अन्तिम पटक करिब ८० वर्षअघि, अर्थात् सन् १९४४ मा थियो। त्यो युद्धको समय थियो, र मृत्यु हुनेहरूमध्ये ६२ प्रतिशत पुरुष थिए,” रान्ताकारीले भने।

विज्ञापन

फिनल्याण्डले नागरिकको लामो आयु सुनिश्चित गर्न सफल भए तापनि घट्दो जन्मदरले भविष्यमा सामाजिक र आर्थिक चुनौतीहरू निम्त्याउन सक्ने देखिएको छ।

तथ्याङ्क विभागले मंगलबार नै सार्वजनिक गरेको छुट्टै प्रतिवेदनले फिनल्याण्डको जन्मदर हालसम्मकै न्यून स्तरमा झरेको देखाएको छ।

“सन् २०२४ को कूल प्रजनन दर १.२५ थियो, जुन सन् १७७६ मा तथ्याङ्क संकलन सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो,” प्रतिवेदनमा उल्लेख छ।

Tampere र Turku जस्ता ठूला शहरहरूमा सन् २०२१ देखि २०२४ सम्मको तीन वर्षमा प्रजनन दर केवल १.०६ मात्र रहेको पाइएको छ, जुन अझै न्यून हो।

फिनल्याण्डको जनसांख्यिकीय संरचनामा आप्रवासीहरूको हिस्सा बढ्दै गएको देखिएको पनि रिपोर्टमा उल्लेख छ। जस्तै गत वर्ष फिनल्याण्डमा जन्मेका झण्डै पाँचमध्ये एक बच्चा विदेशी भाषा बोल्ने आमाबाट जन्मेको तथ्याङ्कले देखाएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप