संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डमा रक्सी खाने घटे!

खरिद प्रक्रिया सहज बनाइए पनि गत वर्ष कुल खपत ४.४ प्रतिशतले घट्यो। सन् २००७ देखि नै फिनल्यान्डमा रक्सीको खपत घट्दै गएको देखिन्छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गत वर्ष फिनल्याण्डमा समग्र रक्सी खपत ४.४ प्रतिशतले घट्यो।
  • प्रति व्यक्ति ८.३ लिटर शुद्ध रक्सी खपत, अघिल्लो वर्षभन्दा कम।
  • किराना पसलहरूमा ८ प्रतिशतसम्म अल्कोहल भएका पेय पदार्थ बेच्न अनुमति भए पनि खपतमा कमी।

फिनल्याण्डमा गत वर्ष रक्सीको कुल खपतमा उल्लेखनीय कमी आएको छ। फिनिस इन्स्टिच्युट फर हेल्थ एण्ड वेल्फेयर (THL) का अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा रक्सीको खपत ४.४ प्रतिशतले घटेको हो।

गत वर्ष जुन महिनादेखि किराना पसलहरूलाई ८ प्रतिशतसम्म अल्कोहल भएका मादक पेय पदार्थहरू बेच्न अनुमति दिइएर रक्सी खरिद गर्न सहज बनाइएको भए तापनि यो गिरावट देखिएको हो।

THL को तथ्याङ्क अनुसार सन् २०२३ मा १५ वर्ष र सोभन्दा माथिका प्रति व्यक्तिले औसत ८.३ लिटर शुद्ध रक्सी सेवन गरेका थिए। कुल खपतमा दर्ता गरिएको र नगरिएको दुवै प्रकारको रक्सीको प्रयोग समावेश छ।

दर्ता गरिएको खपत – खुद्रा बिक्री र इजाजत प्राप्त बिक्री स्थलहरू (जस्तै बार र रेस्टुरेन्ट) सहित – ३.५ प्रतिशतले घटेर प्रति व्यक्ति लगभग ७.२ लिटर शुद्ध रक्सीमा झरेको छ। यस अन्तर्गत खुद्रा बिक्री ३.५ प्रतिशतले र बार तथा रेस्टुरेन्ट जस्ता स्थानमा हुने बिक्री ५.६ प्रतिशतले घटेको पाइएको छ।

विज्ञापन

THL का अनुसार फिनल्याण्डमा समग्र रक्सी खपत सन् २००७ देखि नै घट्दो क्रममा रहेको छ। विभिन्न अध्ययनहरूले फिनल्यान्डमा रक्सीको खपत मात्र हैन रक्सी खाने मान्छेको संख्या पनि घट्दै गएको देखाएका छन्।

यसै महिनाको सुरुमा फिनिश मिडिया YLE द्वारा गरिएको एक संसदीय सर्वेक्षणमा अधिकांश सांसदहरूले किराना पसलहरूलाई अधिकांश प्रकारका वाइन बेच्न दिने हालैको सरकारी प्रस्तावप्रति नकारात्मक धारणा राखेका थिए।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप