संग्रह गर्नुहोस्।
संग्रहित

नेपाल बन्यो फिनल्यान्डमा सबैभन्दा धेरै विद्यार्थी पठाउने देश

तथ्याङ्कले विकसित देशहरूबाट पनि मानिसहरू फिनल्याण्ड आइरहेको देखाएको छ।

.संक्षेपमा.


  • २०२५ को पहिलो त्रैमासिकमा विद्यार्थी आवासीय अनुमति पाउनेमा सबैभन्दा धेरै नेपाली विद्यार्थी।
  • फिनल्याण्ड आउने समग्र आप्रवासीको संख्यामा नेपाल पाँचौं स्थानमा।
  • नेपाली विद्यार्थीको भिसा स्वीकृति दर बंगलादेश र भारतीय विद्यार्थीहरूको तुलनामा उच्च।

फिनिस अध्यागमनको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा फिनल्यान्डका लागि पहिलो पटक विद्यार्थी आवासीय अनुमति अर्थात् रेजिडेन्ट परमिट प्राप्त गर्नेमा नेपाली विद्यार्थीहरू शीर्ष स्थानमा पुगेका छन्। सो अवधिमा विद्यार्थी श्रेणीमा ३६७ नेपालीले सकारात्मक निर्णय पाएका थिए जुन सबैभन्दा उच्च हो। २६ जना नेपाली विद्यार्थीको भने आवेदन अस्वीकृत भएको फिनिस अध्यागमनको तथ्याङ्कमा उल्लेख छ।

पहिलो विद्यार्थी आवासीय अनुमति प्राप्त गर्नेमा नेपालीहरूले कुल अनुमतिमध्ये १८.५ प्रतिशत हिस्सा ओगटेका छन्। नेपालपछि क्रमशः बङ्गलादेश (२६२), भारत (२१४) र श्रीलङ्का (१९२) का विद्यार्थीहरू रहेका छन्। तथ्याङ्कले बङ्गलादेशी र भारतीय विद्यार्थीहरूको भिसा अस्वीकृत दर तुलनात्मक रूपमा उच्च (भारतको २२%, बंगलादेश १६%) रहेको देखाउँदा नेपाली विद्यार्थीहरूको अस्वीकृत दर भने कम (६%) रहेको देखाएको छ।

समग्रमा फिनल्यान्डमा आप्रवासी पठाउने देशहरूको गणनामा नेपाल पाँचौँ स्थानमा रहेको छ। यो सूचीको पहिलो स्थानमा भारत, दोस्रोमा फिलिपिन्स, तेस्रोमा श्रीलङ्का र चौथोमा बङ्गलादेश रहेका छन्। नेपालपछि क्रमशः भियतनाम, पाकिस्तान र चीन छन्। यो तथ्याङ्कले फिनल्यान्ड एसियाली मुलुकका नागरिकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको स्पष्ट पार्छ।

समग्रमा फिनल्याण्डमा आप्रवासी पठाउने देशहरूमध्ये नेपाल पाँचौं स्थानमा रहेको छ।

उक्त अवधिमा कुल ९०५ नेपालीले विभिन्न उद्देश्यका लागि आवासीय अनुमतिका लागि आवेदन दिएका थिए, जसमध्ये ८४३ जनाले अनुमति प्राप्त गरे भने ५४ जनाका आवेदन अस्वीकृत भएका थिए। नेपालीहरूमध्ये पारिवारिक पुनर्मिलनका आधारमा ४११ जनाले आवासीय अनुमति पाएका थिए। त्यस्तै कामको आधारमा ६५ जनालाई अनुमति दिइएको थियो।

तथ्याङ्कले विकसित देशहरूबाट पनि मानिसहरू फिनल्याण्ड आइरहेको देखाएको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा विकसित देशहरूमध्ये सबैभन्दा बढी आवासीय अनुमति अमेरिकी नागरिकहरूलाई (२४० स्वीकृत, २९ अस्वीकृत) प्रदान गरिएको थियो। त्यसपछि क्रमशः बेलायत (१६८ स्वीकृत, १० अस्वीकृत), जापान (१५० स्वीकृत, ४ अस्वीकृत) र अष्ट्रेलिया (५८ स्वीकृत, ४ अस्वीकृत) का नागरिकहरूले अनुमति पाएका थिए।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप