संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा अचम्मको झार गोड्ने काम, पेमेन्ट घन्टाको २० युरो!

गत वर्षको सफल परिक्षण पछि यो परियोजना दोस्रो वर्ष पनि सञ्चालन हुन लागेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेलसिन्कीले हानिकारक झार गोड्ने बासिन्दाहरूलाई पैसा दिने।
  • सहभागीहरूले प्रति घण्टा २० युरोसम्म कमाउन सक्ने।
  • झार गोड्ने काममा विशेष गरी युवाहरू आकर्षित।

हेलसिन्की शहरले यो समरमा बासिन्दाहरूलाई मोबाइल गेमको प्रयोग गरी हानिकारक तथा आक्रमक बिरुवाहरू हटाएबापत कुल १२,००० युरो पुरस्कार प्रदान गर्ने भएको छ। ‘क्राउडसोर्सा’ नामक स्मार्टफोन एप (Apple, Android) प्रयोग गरेर शहरी क्षेत्रमा वातावरणीय कामलाई जनसहभागितामा आधारित बनाउने यो परियोजना लगातार दोस्रो वर्ष सञ्चालन हुन लागेको हो। यस अभियानमार्फत नागरिकले पैसा कमाउनुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनेछन्।

यस परियोजना अन्तर्गत सहभागीहरूले शहरका दुई सबैभन्दा हानिकारक आक्रमक प्रजातिहरू: लुपिन र हिमालयन बाल्सम हटाएर पैसा कमाउन सक्नेछन्।

लुपिनहरू (फिनिसमा लुपीनी) हटाउने पहिलो चरण २६ मेबाट सुरु भैसकेको छ। हिमालयन बाल्सम हटाउने काम भने मध्य-जुनबाट सुरु हुने अपेक्षा गरिएको छ।

यो काम रिङ १ (Kehä I), इस्पू, भान्ता र इटाभाउला (Itäväylä) बीचका क्षेत्रहरूमा केन्द्रित छ। यसमा निजी जग्गाहरू भने समावेश छैनन्।

विज्ञापन

सहभागी हुनका लागि ‘क्राउडसोर्सा’ नामक एप डाउनलोड गर्नुपर्नेछ। सो एपमा बिरुवा भएका स्थानहरू पहिचान गरेर झार गोडेर फालेको छोटो भिडियोहरू अपलोड गर्नुपर्नेछ। स्वीकृत भिडियोहरूलाई सफा गरिएको क्षेत्र, बिरुवाको घनत्व र प्रजातिको प्रकारको आधारमा पुरस्कृत गरिनेछ। सहभागीहरूले प्रति घण्टा २० युरोसम्म कमाउन सक्नेछन्। भुक्तानी क्राउडसोर्सा एपमार्फत सिधै प्रयोगकर्ताको बैंक खातामा पठाइनेछ।

“गत वर्षको परीक्षणमा १७३ जनाले भाग लिएर ९०,००० वर्ग मिटर क्षेत्रबाट आक्रमक बिरुवा हटाए,” शहरको शहरी वातावरण विभागका स्वयंसेवक संयोजक आर्मी कोस्केलाले भनिन्। “युवाहरूको सहभागिता विशेष गरी उत्साहजनक थियो।”

यी प्रजातिहरूलाई मेसिन लगाएर यान्त्रिक विधिबाट हटाउन भू-भाग वा स्थानको कारणले कठिन हुने गर्दछ।

गतवर्ष सहभागीहरूले बगैंचाको कैँचीदेखि खाली हातसम्म प्रयोग गरेका छन्। कतिपयले त घाँस काट्ने मेसिन (स्ट्रिङ ट्रिमर) पनि ल्याउने गरेका छन्।

“समर्पित खेलाडीहरूले त यसलाई समरको जागिर नै बनाएका छन्,” क्राउडसोर्साका प्रमुख कार्यकारी अधिकृत टोनी पायुले भने।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

झार गोड्ने अभियान बजेट नसकिएसम्म चल्नेछ।

यो अभियान बजेट नसकिएसम्म चल्नेछ र एपमार्फत वास्तविक समयमा प्रगति ट्र्याक गर्न सकिनेछ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

टाम्पेरेस्थित स्टार्टअप फिनोरा/क्राउडसोर्साले यसअघि हेलसिन्कीसँग पार्क बेन्च, फोहोर फाल्ने भाँडा, पहुँचयोग्यता, र बाइक मार्गको अवस्था जस्ता अन्य गेमिफाइड म्यापिङ कार्यहरूमा सहकार्य गरिसकेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप