संग्रह गर्नुहोस्।
संग्रहित

समरमा ख्याल गर्नुहोस्: किर्नाले सार्न सक्छ घातक मस्तिष्क ज्वरो, लिन सक्छ ज्यान!

किर्नाले सार्ने टिक-बोर्न इन्सेफलाइटिस (TBE) का लक्षणहरूमा ज्वरो, कडा टाउको दुखाइ, भ्रम र बान्ता पर्दछन्। गम्भीर अवस्थामा चेतना गुम्ने, ऐंठन हुने, पक्षाघात हुने र मृत्युसम्म हुन सक्छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डमा पछिल्ला वर्षहरूमा टिक-बर्न इन्सेफलाइटिस (TBE) का घटनामा तीव्र वृद्धि।
  • जलवायु परिवर्तन र किर्नाहरूको विस्तारका कारण संक्रमण बढ्दो।
  • TBE विरुद्ध खोप प्रभावकारी, तर किर्नाको टोकाइबाट बच्नु नै उत्तम रोकथाम।

के तपाई फिनल्यान्डमा बाहिर धेरै हिँडडुल गर्ने, जङ्गलतिर जाने आदि गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने किर्ना अर्थात् Punkki को टोकाइबाट बच्न विशेष ख्याल गर्नुहोला।

किनकी फिनल्यान्डमा किर्नाले सार्ने खतरनाक रोग टिक-बोर्न इन्सेफलाइटिस (TBE) को संक्रमण विगतको केही वर्षहरूमा नाटकीय रूपमा बढेको छ।

स्वास्थ्य तथा कल्याण संस्थान (THL) को तथ्याङ्क अनुसार विशेषगरी उत्तरी ओस्ट्रोबोथनिया र उत्तरी साभो क्षेत्रमा TBE भाइरस संक्रमणका घटनाहरूमा अचानक वृद्धि देखिएको छ।

जलवायु परिवर्तन र किर्नाहरूको भौगोलिक विस्तारलाई यस वृद्धिको सम्भावित कारण मानिएको छ।

विज्ञापन

उत्तरी ओस्ट्रोबोथनिया स्वास्थ्य सेवा क्षेत्र TBE संक्रमणको तीव्र वृद्धिका कारण विशेष रूपमा प्रभावित भएको छ। यस क्षेत्रमा लामो समयसम्म केही मात्र घटनाहरू देखिए पनि सन् २०२३ मा १५ र २०२४ मा २० वटा TBE संक्रमणका घटनाहरू पुष्टि भएका थिए।

यो वर्षको वसन्त ऋतुको अन्त्यसम्ममा पनि केही नयाँ संक्रमणहरू देखिइसकेका छन्।

टिक-बोर्न इन्सेफलाइटिसलाई प्रायः सामान्यभन्दा कडा उपचार चाहिन्छ र यसले कसैकसैको ज्यान नै पनि लिन सक्छ।

औलु विश्वविद्यालय अस्पताल (OYS) न्यूरोसेन्टरका न्यूरोलोजी विशेषज्ञ डा. लाउरा तेर्भोनेनका अनुसार औलु विश्वविद्यालय अस्पतालमा यो रोगको प्रकोप स्पष्ट रूपमा देखिने गरेको छ।

यो रोग लागेमा धेरैलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।यद्यपि कहिलेकाहीँ यो रोग लगभग थाहै नपाई पनि निको हुन सक्छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

THL का अनुसार जलवायु परिवर्तनसँगै किर्नाहरूको सक्रियता अवधि लम्बिएको छ र यसले संक्रमणका घटनाहरू पनि बढाएको छ। मानिसहरू किर्नाले सार्ने रोगहरूबारे बढी सचेत पनि भएका छन् र निदान पनि बढेको छ।

वातावरणीय र जलवायु परिवर्तनसँगै फिनल्यान्डका भित्री भूभागमा पनि रोगका घटनाहरू बढ्ने प्रक्षेपण छ। किनकी किर्नाहरू उत्तरी ल्यापल्याण्ड बाहेक लगभग सम्पूर्ण फिनल्यान्डमा फैलिसकेका छन्।

कस्तो रोग हो TBE?

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो भाइरल रोग हल्का ज्वरो, टाउको दुखाइ र थकानका साथ निको पनि हुन सक्छ।

न्यूरोलोजी विशेषज्ञ डा. टेर्भोनेनका अनुसार ज्यान जाने खतरा पनि हुन्छ। उनले आफैंले सन् २०२४ को समरमा तीन जना टिक-बोर्न इन्सेफलाइटिसका बिरामीहरूको उपचार गरेकी थिइन्।

उनका अनुसार एउटा संक्रमण हल्का थियो, एउटा मध्यम रूपमा गम्भीर थियो र एक बिरामीको मृत्यु भएको थियो।

टिक-बोर्न इन्सेफलाइटिसका लक्षणहरूमा ज्वरो, कडा टाउको दुखाइ, भ्रम र बान्ता पर्दछन्। गम्भीर अवस्थामा चेतना गुम्ने, ऐंठन हुने र पक्षाघातका लक्षणहरू देखिन सक्छन्।

छालामा किर्नाले टोकेको देखिएमा TBE संक्रमणको सम्भावना बढ्छ। यो रोग मस्तिष्क-मेरुदण्ड तरल पदार्थको नमूनाबाट पत्ता लगाइन्छ र नतिजा रगत परीक्षणबाट पुष्टि गरिन्छ।

TBE खोपले यो रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ। तीन डोज खोपले दशमध्ये नौभन्दा बढी TBE का घटनाहरूलाई रोक्न मद्दत गर्दछ।

TBE को उपचार हप्तौंसम्म चल्न सक्छ र यो रोगले दीर्घकालीन लक्षणहरू पनि छोड्न सक्छ।

किर्ना क्षेत्र कसरी पहिचान गर्ने?

किर्ना फिनल्यान्डका लगभग सबै क्षेत्रमा पाइन्छ। तुर्कु विश्वविद्यालय र औषधि कम्पनी फाइजरद्वारा सञ्चालित ‘पुंकी लाइभ’ (Punkkilive.fi) सेवाले फिनल्यान्डमा किर्ना देखिने क्षेत्रहरू रजिस्टर गर्ने गरेको छ।

तुर्कु विश्वविद्यालयका जीवविज्ञान विभागका एसोसिएट प्रोफेसर इरो भेस्टेरिनेनका अनुसार, ‘पुंकी लाइभ’ सेवाले मानिसहरूले कति किर्नाहरू भेट्छन् र रिपोर्ट गर्छन् भन्ने मापन गर्छ। यसबाट किर्नाहरूको वास्तविक संख्याबारे सीधा निष्कर्ष निकाल्न भने सकिँदैन।

किर्नाले बोरेलियासिस (लाइम रोग) र टिक-बोर्न इन्सेफलाइटिस जस्ता खतरनाक रोगहरू सार्छन्।

साइबेरियन किर्ना (टाइगा किर्ना) को सक्रियता मे-जूनमा चरम हुन्छ भने साधारण किर्ना वसन्त/प्रारम्भिक गर्मी र ढिलो गर्मी/शरद ऋतुमा सक्रिय हुन्छ।

किर्नाले बोरेलियासिस (लाइम रोग) र टिक-बोर्न इन्सेफलाइटिस जस्ता खतरनाक रोगहरू सार्छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप