विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

ओडी पुस्तकालयमा आप्रवासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श

रक्तचाप, हेमोग्लोबिन, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जस्ता परीक्षणहरू निःशुल्क प्राप्त गर्न सकिनेछ।

.संक्षेपमा.


  • हेलसिन्कीको ओडी पुस्तकालयमा आप्रवासीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श उपलब्ध हुने।
  • कार्यक्रम जुन ४ तारिख बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म।
  • उच्च रक्तचाप, मधुमेह लगायत विभिन्न रोगहरूको रोकथाम र समयमै पहिचानमा जोड।

हेलसिन्कीस्थित केन्द्रीय ओडी पुस्तकालयमा आप्रवासी समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम आयोजना हुने भएको छ। ‘स्वास्थ्य नै धन हो’ नारा बोकेको HEED Finland परियोजनाले लाउरिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेससंगको सहकार्यमा आयोजना गर्न लागेको यस कार्यक्रमले आप्रवासीहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

आज अर्थात् जुन ४, बुधबारका दिन ओडी पुस्तकालयको भुइँ तल्लामा रहेको माइयानसाली (Maijansali) मा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने कार्यक्रममा रक्तचाप, हेमोग्लोबिन, शारीरिक संरचना, कुल कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा जस्ता परीक्षणहरू निःशुल्क गरिनेछ।

भिटामिन डी र के२, तथा क्याल्सियम सम्बन्धी निःशुल्क परामर्श सेवा पनि उपलब्ध हुनेछ। कार्यक्रममा सहभागी हुने आप्रवासीहरूका लागि स्वास्थ्य परीक्षणपछि निःशुल्क, स्वस्थकर खाजाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आप्रवासी समुदायमा बढ्दो उच्च रक्तचाप, मधुमेह, मस्तिष्कघात, डिप्रेसन, क्यान्सर, कलेजो तथा मिर्गौला सम्बन्धी समस्याहरूलाई मध्यनजर गर्दै यस्ता परीक्षणले रोग लाग्नुअघि नै रोकथाम गर्न वा प्रारम्भिक चरणमा पत्ता लगाउन सहयोग पुग्ने विश्वास गरिएको आयोजकले उल्लेख गरेको छ।

यो कल्याणकारी कार्यक्रम सम्पूर्ण आप्रवासीहरूका लागि निःशुल्क र खुला रहने आयोजकले जनाएको छ।

विज्ञापन
विज्ञापन सकियो

कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा परीक्षण गराउन चाहने व्यक्तिहरूलाई सही नतिजाका लागि १०-१४ घण्टा खाली पेट बस्न (बिहानको खाजा नखाई आउन) अनुरोध गरिएको छ। यो कल्याणकारी कार्यक्रम सम्पूर्ण आप्रवासीहरूका लागि निःशुल्क र खुला रहने आयोजकले जनाएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप