संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डमा अन्नीबसको लक्जरी बस सेवा सुरु, यस्ता हुनेछन् सुविधा

नयाँ लक्जरी बसहरु प्रस्थानदेखि गन्तव्यसम्म नन-स्टप चल्नेछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्याण्डका दुई प्रमुख बस सेवा अपरेटर अन्नीबस र लक्स एक्सप्रेसले नयाँ प्रिमियम बस सेवाको घोषणा गरेका छन्। ‘लक्स एक्सप्रेस बाइ अन्नीबस’ नाम दिइएको यो नयाँ सेवा जुन १९, २०२५ बिहीबारदेखि सञ्चालनमा आउनेछ। टिकटहरू ओम्निबसको वेबसाइट र मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ।

जुन २०२५ बाट सुरु हुने यो सेवाका लागि फिनिश अपरेटर ओम्निबसले ६ वटा प्रिमियम लक्स एक्सप्रेस कोचहरू सञ्चालन गर्ने जनाएको छ।

प्रिमियम बसहरूमा अतिरिक्त खुट्टा राख्ने ठाउँसहित आरामदायी सिटहरू हुनेछन्। प्रत्येक सिटमा मनोरञ्जनका लागि स्क्रिन जडान गरिएको छ। यात्रुका लागि मनोरञ्जन सेवा नि:शुल्क हुने अन्नीबसले जनाएको छ।

थप सुविधा चाहिए यात्रुहरूले €३–५ तिरेर लाउन्ज क्षेत्रमा अपग्रेड गर्न सक्नेछन्। लाउन्ज क्षेत्रमा लक्जरी छालाका सिटहरू र फराकिलो २+१ सिटिंगको व्यवस्था गरिएको छ।

विज्ञापन

सबै लक्स एक्सप्रेस बाइ ओम्निबस प्रिमियम बसहरू ओम्निबसका चालकहरूले मात्र चलाउने छन्। यी बसहरु प्रस्थानदेखि गन्तव्यसम्म नन-स्टप चल्नेछन्। यसले कुनै पनि मध्यवर्ती स्टप बिना छिटो र सहज यात्रा अनुभव सुनिश्चित गर्ने अन्नीबसले जनाएको छ।

यो नयाँ अवधारणाको पाइलट चरण सुरुमा एक वर्षसम्म चल्नेछ। यो अवधिमा यसको लोकप्रियता र प्रभावकारिता मूल्याङ्कन गर्न डेटा र ग्राहक प्रतिक्रिया सङ्कलन गरिने बस कम्पनीले जनाएको छ।

समर सिजनका लागि टिकट बिक्री जुन ४, २०२५ मा सुरु भइसकेको छ र बस सञ्चालन जुन १९, २०२५ मा सुरु हुनेछ। अटम सिजनका लागि टिकटहरू जुन महिनाको अन्त्यमा बिक्रीमा आउनेछन्।

बसहरु प्रस्थानदेखि गन्तव्यसम्म नन-स्टप चल्नेछन्।

समर रुटहरू, जुन १९–अगस्त १०, २०२५:

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
  • हेलसिन्की – तुर्कु
  • हेलसिन्की – युभास्कुला

अटम रुटहरू, अगस्त ११, २०२५ देखि:

  • हेलसिन्की – तुर्कु
  • हेलसिन्की – युभास्कुला
  • हेलसिन्की – टाम्पेरे
  • हेलसिन्की – कोट्का

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप