0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    अमेरिकाको भर्जिनियामा एकै नेपाली परिवारका चार जनाको हत्या

    सबैको शरीरमा गोली लागेको देखिएको छ। घटनास्थलबाट एक थान हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ।

    .संक्षेपमा.


    • भर्जिनियास्थित मनासस पार्कमा एक नेपाली परिवारका चार सदस्यको गोली लागेर मृत्यु।
    • प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घटना हत्या-आत्महत्याको हुनसक्ने।
    • मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अन्जु श्रेष्ठ, ८ वर्षीय छोरी र २ वर्षीय छोरा।

    अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली परिवारका चारै जना सदस्य मृत अवस्थामा फेला परेका छन्। स्थानीय प्रहरीले यस घटनालाई हत्या-आत्महत्याको कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

    मनासस पार्क प्रहरी विभागका अनुसार जुन ५, २०२५ को राति लगभग १०:४० बजे, लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा घरमालिकले आफ्ना बहालवालाहरूको अवस्था बुझ्न प्रहरीलाई अनुरोध गरेका थिए।

    घरमालिकको सूचनाको आधारमा प्रहरी उक्त निवासमा पुग्दा तल्लो तलाको अपार्टमेन्टमा परिवारका चारै सदस्यलाई मृत अवस्थामा फेला पारेको थियो।

    प्रहरीका अनुसार मृतकहरू ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अन्जु श्रेष्ठ, उनीहरूका ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। सबैको शरीरमा गोली लागेको देखिएको छ। घटनास्थलबाट एक थान हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ।

    प्रहरीले यस घटनालाई सम्भावित हत्या-आत्महत्याको रूपमा वर्गीकरण गरी अनुसन्धान अगाडि बढाएको छ। मृतकहरूको शवलाई पोस्टमार्टम तथा मृत्युको यकिन कारण पत्ता लगाउन मनाससस्थित मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।

    प्रहरीले मृतकका आफन्तहरूलाई खबर गर्ने प्रयास गरिरहेको र घटनाको अनुसन्धान जारी रहेकोले आम नागरिकलाई धैर्य धारण गर्न आग्रह गरेको छ।

    घटनाले स्थानीय नेपाली समुदाय तथा सम्पूर्ण मनासस पार्क क्षेत्रमा स्तब्धता छाएको छ।

    यो घटनाले स्थानीय नेपाली समुदाय तथा सम्पूर्ण मनासस पार्क क्षेत्रमा स्तब्धता छाएको अमेरिकाबाट प्रकासित हुने अंग्रेजी भाषाको अनलाइन नेपयोर्कले जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप