0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको लाइतिलामा डरलाग्दो दुर्घटना: पानीमा कार खस्दा दुई युवाको मृत्यु

    मङ्गलबार साँझ भएको दुःखद घटनामा १७ देखि १९ वर्षका दुई युवकले ज्यान गुमाए। दुई जनाको भने सकुशल उद्धार भएको प्रहरीले जनाएको छ।

    .संक्षेपमा.


    • मङ्गलबार साँझ पानीले भरिएको पाँच मिटर गहिरो खाडलमा कार खस्दा दुई युवाको मृत्यु।
    • दुई युवा भने कारबाट निस्केर बाँच्न सफल।
    • दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबै १७ देखि १९ वर्षका युवाहरू।

    फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब २२० किलोमिटर पश्चिम तुर्कु र राउमा शहरको बिचमा रहेको लाइतिलामा मङ्गलबार साँझ भएको एक सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ। प्रहरीका अनुसार चार युवाहरू चढेको कार अनियन्त्रित भई पानीले भरिएको करिब पाँच मिटर गहिरो दहजस्तो खाडलमा खसेको थियो। कारमा सवार सबै युवा १७ देखि १९ वर्ष उमेर समूहका थिए।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाग्रस्त कारमा सवार चार जनामध्ये दुई जना कारबाट बाहिर निस्कन सफल भएका थिए। उनीहरूले नै नजिकैको एक स्थानीय बासिन्दाको सहयोगमा प्रहरीलाई खबर गरेका थिए।

    कारबाट सकुशल बाहिर निस्किएकाहरू घटनाका कारण स्तब्ध भएका थिए र उनीहरूलाई प्रहरीले घटनास्थलमा संक्षिप्त सोधपुछपछि अस्पताल लगेको थियो। उनीहरूलाई आवश्यक उपचार तथा मानसिक परामर्श सेवा प्रदान गरिएको दक्षिण-पश्चिम फिनल्याण्ड प्रहरी विभागले जनाएको छ।

    दुर्घटनास्थल सडकको नजिकै रहेको छ। उद्धार टोलीका गोताखोरहरूले मृतकहरूको शव पानीबाट बाहिर निकालेका थिए। उनीहरूलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। प्रहरीले जनाएअनुसार कारमा सवार दुई युवा युरा क्षेत्रका बासिन्दा थिए।

    इल्तालेह्ती पत्रिकाका फोटो पत्रकारका अनुसार घटनापछि राति नै थुप्रै शोकाकुल मानिसहरू मृतकहरूको सम्झनामा फूल र मैनबत्ती लिएर घटनास्थल पुगेका थिए। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलतर्फ जाने बाटो सामान्य किसिमको वनपथ रहेको छ र त्यहाँ रहेको बार पनि प्रायः खुला रहने गरेको छ। खाडलमा खस्ने ठाउँ निकै भिरालो रहेको बताइएको छ।

    उद्धार टोलीका गोताखोरहरूले मृतकहरूको शव पानीबाट बाहिर निकालेका थिए।

    स्थानीयहरूका अनुसार घटनास्थलतर्फ जाने बाटोको बार प्रायः खुल्लै रहन्छ। इल्तालेह्तीका फोटो पत्रकारका अनुसार सामाजिक सञ्जालमार्फत दुर्घटनाको खबर पाएपछि युवाहरू आफ्ना साथीहरूको सम्झनामा फूल लिएर घटनास्थल पुगेका थिए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप