📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Go.संक्षेपमा.
- फिनल्याण्डमा पहिलो हिमालयन कप फुटबल प्रतियोगिता, १२ नेपाली टोलीको सहभागिता।
- खेलकुद मार्फत नेपाली समुदायमा एकता र सामुदायिक भावना अभिवृद्धि गर्ने लक्ष्य।
- विजेताले नगद १५,०० युरो, उपविजेताले ७०० युरो, र ट्रफी पाए।
नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्ने उद्देश्यले फिनल्यान्डमा पहिलो पटक आयोजना गरिएको हिमालयन कप फुटबल प्रतियोगिता टिम हिमालयन-रेडले जितेको छ। टिम अल स्टार र टिम हिमालयन-रेड बिच भएको फाइनल खेलमा ० का विरुद्ध २ गोल गरी टिम हिमालयन-रेड विजयी भएको हो।
टिम हिमालयन-रेड प्रतियोगिता आयोजक हिमालयन स्पोर्ट्स क्लबकै टिमहरू मध्ये एउटा टिम हो।
हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न यो प्रतियोगिता १४ जुन शनिवारका दिन हेलसिन्कीस्थित पुओतिला स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सुरु भएको थियो।
शनिवारको मौसम पनि दिनैभरि राम्रो रहेको थियो। करिब १० घण्टासम्म चलेको प्रतियोगिता हेर्न दर्शकको बाक्लो उपस्थिति थियो।
फिनल्यान्डभरिका १२ नेपाली फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीहरूलाई पुरस्कार र ट्रफिको व्यवस्था गरिएको थियो। विजेता टिमले १५,०० युरो र उपविजेता टिमले ७०० युरो नगद पनि प्राप्त गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको थियो।
मोमो हाउस काल्लियोको मुख्य प्रायोजनमा यो प्रतियोगिता सम्पन्न भएको हो। सोलु मार्केट, पिक्कु पिह्भी रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट, इगल कुल्यतुस, हाकानियमीको इन्डियन मार्केट, र फ्रिन्ट लगायतले यो प्रतियोगिता सह-प्रायोजन गरेका हुन्।
नेपालीलाइनेन यो प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर हो। प्रतियोगिताका केही क्षणहरू नेपालीलाइनेनले आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको थियो।
पिक्कु पिह्भी रेस्टुरेन्टले प्रतियोगिता स्थलमा मोमो, सेल रोटी, छोइला, चिया-कफि लगायतका खाजाको व्यवस्था गरेको थियो।
प्रतियोगिता हेर्न तुर्कु टाम्पेरे पोरी लगायत फिनल्यान्डका अन्य सहरहरूबाट पनि दर्शकहरू आएका थिए। प्रतियोगिता स्थलमा केही विदेशी दर्शकहरू समेत थिए।
नेपालीलाइनेनले प्रतियोगिता स्थलमा कुरा गरेका केही दर्शकले फिनल्यान्डमा नेपाली समुदायका लागि आयोजित यति भव्य फुटबल प्रतियोगिता पहिले नदेखेको बताएका थिए।

प्रतियोगितामा फिनल्यान्डका ११ नेपाली फुटबल टीमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
“मौसम पनि गज्जब छ। खाजा पनि मिठो लाग्यो।” प्रतियोगिता हेर्न तुर्कुदेखि आएका एक दर्शकले नेपालीलाइनेनलाई भने, “गेम पनि हेरियो। केही पुराना साथीहरूसँग पनि भेट भयो। रमाइलो लाग्यो।”










