संग्रह गर्नुहोस्।
संग्रहित

फिन्स पार्टीको अध्यक्षमा पुर्रा पुनः निर्वाचित, दिइन् आप्रवासी प्रति झनै अनुदार बन्ने सङ्केत

उनले निरन्तर रूपमा सामाजिक सञ्जालमा पोस्ट गर्दै आप्रवासनको कडा आलोचना र फिनल्यान्डमा बस्ने आप्रवासीहरू प्रति अनुदार विचार व्यक्त गर्ने गरेकी छिन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • रिक्का पुर्राले फिन्स पार्टीको अध्यक्ष पदमा पुनः जित हासिल गरिन्।
  • उनले आप्रवासनलाई फिनल्यान्डको कल्याणकारी राज्य प्रणालीका लागि खतराको रूपमा चित्रण गरिन्।
  • फिन्स पार्टीले देशलाई बचाउने र एक प्रमुख शक्ति बन्ने पुर्राको दाबी।

फिनल्यान्डकी अर्थमन्त्री समेत रहेकी रिक्का पुर्रा शनिबार सम्पन्न पार्टीको चुनावमा प्रभावशाली जित निकाल्दै फिन्स पार्टी अर्थात् Perussuomalaiset को अध्यक्ष पदमा पुनः निर्वाचित भएकी छिन्। उनले प्रतिद्वन्द्वी आर्टो लुक्कानेनलाई स्पष्ट मतान्तरले पराजित गरिन्। पुर्राले ७३० मत प्राप्त गर्दा लुक्कानेनले १२६ मत पाए। कुल ८७६ मत खसेकोमा ७९ मत बदर भएका थिए भने २० मत खाली थिए।

आफ्नो पुन:निर्वाचनपछि बोल्दै पुर्राले पार्टीको भविष्यप्रति आत्मविश्वास व्यक्त गरिन्। “हामी एक प्रमुख शक्ति बन्नेछौं, र हामी यो देशलाई बचाउनेछौं,” उनले थपिन्। पार्टीको समर्थनमा आएको कमीबारे सोधिएको प्रश्नमा उनले अर्थतन्त्रको कमजोर अवस्थालाई आंशिक रूपमा जिम्मेवार ठह्याइन्।

लाहतीमा भएको पार्टी भेलामा आफ्नो उद्घाटन मन्तव्य दिँदै पुर्राले फिनिस पहिचानमाथि हमला भइरहेको बताएकी थिइन। उनले आप्रवासन प्रति कडा प्रहार गर्न लामो समय खर्च गरेकि थिइन्।

पुर्रा आप्रवासीहरू प्रति निकै अनुदार छिन्। उनले निरन्तर रूपमा सामाजिक सञ्जालमा पोस्ट गर्दै आप्रवासनको कडा आलोचना र फिनल्यान्डमा बस्ने आप्रवासीहरू प्रति अनुदार विचार व्यक्त गर्ने गरेकी छिन्। वर्तमान सरकारले आप्रवासनमा गरेको कडाइ मूलतः उनकै नेतृत्वमा उनकै पार्टीका नेताहरूबाट भइरहेको हो। सरकारमा रहेको फिन्स पार्टीको समर्थन भने फिनल्यान्डमा घट्दै गएको विभिन्न मत सर्वेक्षणले देखाएका छन्।

विज्ञापन

“विकासोन्मुख देशहरूबाट भइरहेको ठूलो संख्याको आप्रवासन, साथै सार्वजनिक सेवा र सामाजिक तथा स्वास्थ्य सेवा प्रणालीमाथि बोझ थप्ने आप्रवासनले कल्याणकारी राज्यको पतन गराउनेछ,” उनले लाहतीमा पार्टी प्रतिनिधिलाई भनिन्।

पुर्रा आप्रवासीहरू प्रति निकै अनुदार छिन्।

उता स्वीडिस पिपुल्स पार्टी (एसपीपी) को चुनाव भइरहेको भासामा एसपीपीका अध्यक्ष तथा फिनल्यान्डका शिक्षा मन्त्री एन्डर्स एडलरक्रुट्जले भने आप्रवासनको सरलीकृत भाष्यलाई अस्वीकार गरे।

“फिनल्याण्डको समस्या धेरै आप्रवासी हुनु होइन। यहाँ धेरै मानिस आउन चाहनु पनि होइन। हामीले धेरैलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छौं भन्ने पनि होइन। के तपाईंलाई थाहा छ फिनल्याण्डको वास्तविक समस्या के हो? हाम्रो समस्या यो हो कि हामीसँग धेरै जातिवादीहरू छन्,” उनले भने।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप