संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा खुल्यो ४०० मिटर लामो नयाँ पुल: कालासातामा र हाकानिएमी बीच सिधा कनेक्सन

क्रुनुसिल्ता परियोजना अन्तर्गत निर्माण भएको यो पुल तीन वटा पुलहरू मध्येको एक हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • १.५ किलोमिटरको दूरी घटेर ४०० मिटरमा झर्यो।
  • सन् २०२७ सम्म पैदल यात्री र साइकल यात्रीका लागि मात्र खुला रहने
  • पुल खुलेको पहिलो दिन नै सयौं मानिसहरूको उपस्थिति

फिनल्यान्डको राजधानी हेलसिन्कीमा मंगलबार एक नयाँ पुल सर्वसाधारणका लागि खुला गरिएको छ। कालासातामा र हाकानिएमी क्षेत्रलाई जोड्ने मेरिहान पुलको उद्घाटनसँगै यी दुई क्षेत्र बीचको यात्रा दूरी उल्लेख्य रूपमा घटेको छ।

४०० मिटर लामो यो पुलले पहिलेको १.५ किलोमिटरको दूरीलाई छोट्याएको छ। पुलको उद्घाटन समारोहमा स्थानीय बासिन्दा, साइकल यात्री, कुकुर घुमाउने व्यक्तिहरू, वृद्धवृद्धा र बालबालिकाहरूको उल्लेख्य उपस्थिति थियो।

हेलसिन्कीका मेयर डेनियल साजोनोभले पुल उद्घाटन गर्दै यसले सर्वसाधारणको दैनिक जीवनमा ठूलो सहजता ल्याउने बताए। पुल निर्माणको योजना बनाउन र कार्यान्वयन गर्न पाँच वटा स्थानीय संघसंस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०२७ को सुरुवातसम्म यो पुल केवल पैदल यात्री र साइकल यात्रीका लागि मात्र खुला रहनेछ। त्यसपछि भने लायासालो लाइट रेल सेवा (ट्राम) यहि पुल भएर सञ्चालनमा आउने छ।

विज्ञापन

पुल उद्घाटन कार्यक्रममा परम्परागत फिनिस संस्कृतिका विभिन्न झलक देखाइएको थियो।

क्रुनुसिल्ता परियोजना अन्तर्गत निर्माण भएको यो पुल तीन वटा पुलहरू मध्येको एक हो। आगामी दिनमा फिन्केनसिल्ता नामक अर्को पुल पनि खुल्ने योजना रहेको छ, जसले चिडियाखाना रहेको कोर्केआसारी टापुसम्मको पहुँच सहज बनाउनेछ।

पुल निर्माणमा संलग्न इन्जिनियर लाउरी हान्निनेनका अनुसार यो पुल वातावरणमैत्री र दीर्घकालीन प्रयोगका लागि डिजाइन गरिएको छ। “हामीले जलवायु परिवर्तन र समुद्री वातावरणलाई ध्यानमा राखेर यसको डिजाइन गरेका छौं,” उनले फिनिस भाषाको पत्रिका हेलसिन्गिन सानोमातलाई भने।

अहिलेसम्म कोर्केआसारी जान लागी समुद्री यातायात वा मुस्तिक्कामाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। तर अब यो नयाँ पुलले यात्रा सहज र छोटो बनाएको छ। यद्यपि कोर्केआसारीसम्म पुग्ने फिन्केनसिल्ता पुल भने आगामी अगस्ट महिनासम्म खुल्ने छैन।

सन् २०२७ को सुरुवातसम्म यो पुल केवल पैदल यात्री र साइकल यात्रीका लागि मात्र खुला रहनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

स्थानीय व्यापारीहरूले पनि यो पुलले व्यापार वृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरेका छन्। कालासातामा क्षेत्रका व्यापारीका अनुसार “अब दुई क्षेत्रका बासिन्दाहरूबीच सहज आवतजावत हुने भएकोले व्यापार वृद्धि हुने आशा छ।”

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप