0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस ‘आइसब्रेकर’ जहाज किन्ने ट्रम्पको प्रस्ताव, यस्तो हुनेछ एउटै जहाजको मूल्य

    फिनल्यान्डलाई ठूलो आर्थिक लाभको अवसर, ट्रम्पले गरे स्टबसँग वार्ता।

    .संक्षेपमा.


    • सम्भावित सम्झौताले फिनल्यान्डलाई ठुलो आर्थिक लाभ ल्याउन सक्ने।
    • कम्तीमा ४० नयाँ आइसब्रेक्रर जहाज खरिद गर्ने अमेरिकाको तैयारी।
    • १५ वटा आइसब्रेक्रर जहाज फिनल्यान्डसँग खरिद गर्ने प्रस्ताव!

    नेटो समिटमा सहभागी हुन युरोप आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नेदरल्यान्ड्सको हेगबाट फिनल्यान्डसँगको सम्बन्ध र राष्ट्रपति अलेक्जेन्डर स्टबसँगको भेटबारे टिप्पणी गर्दै फिनल्यान्डबाट आइसब्रेकर (समुन्द्रमा जमेको हिउँ फुटाउने) जहाजहरू खरिद गर्ने चाहना व्यक्त गरेका छन्।

    ट्रम्पले फिनल्यान्डलाई “आइसब्रेकरको राजा” भन्दै प्रशंसा गरे र स्टबलाई एउटा प्रयोग गरिएको जहाजको लागि मूल्य प्रस्ताव गरेको पनि बताए।

    ट्रम्पले अमेरिकालाई यस्ता जहाजहरूको आवश्यकता रहेको र करिब १५ वटा जहाज खरिद गर्ने विषयमा फिनल्यान्डसंग वार्ता भइरहेको उल्लेख गरे।

    अमेरिकासंग रहेका अहिलेका जहाजहरू निकै पुराना भएकाले कम्तिमा ४० नयाँ आइसब्रेक्रर जहाज खरिद गर्ने तैयारी रहेको समाचार केहि महिना पहिले सार्वजनिक भएको थियो।

    हिउँ/बरफ फुटाउने जहाज बनाउने क्षेत्रमा फिनल्यान्डलाई महारथी नै मानिन्छ। संसारका ८० प्रतिशत आइसब्रेकरको डिजाइन फिनल्यान्डले गरेको हो, र तीमध्येका तीन-चौथाइ जहाज यहीँ बनेका हुन्।

    ट्रम्पका अनुसार हाल एउटा ५-६ वर्ष पुरानो जहाजका लागि सम्झौता गर्ने प्रयास भइरहेको छ। तर मुल्य मिलिसकेको छैन।

    “राष्ट्रपति स्टबले मागेको भाउको मैले झन्डै एक तिहाइ दिन्छु भनेँ,” ट्रम्पले स्टबसंगको वार्तापछि भने, “हामी नेगोसियट गर्दैछौं।”

    ट्रम्पले अमेरिकी कंग्रेसले यो खरिदमा प्रश्न उठाउन सक्ने भए पनि आफूले उचित मूल्यमा सम्झौता गर्न खोजेको बताए। उनले स्टबको गल्फ कौशलको प्रशंसा गर्दै दक्षिणी अमेरिकाको फर्मन विश्वविद्यालयमा अध्ययन गरेका स्टबसँगको भेट र गल्फ खेलेको अनुभवलाई “महान सम्बन्ध” को संज्ञा दिए।

    @iltasanomat

    Yhdysvaltain presidentti Donald Trump kommentoi suhdettaan Suomeen ja tasavallan presidentti Alexander Stubbiin keskiviikkona Haagista. Asiasta Trumpilta kysyi Ilta-Sanomien toimittaja Iida Hallikainen. #nato #trump #stubb #uutiset #iltasanomat

    ♬ original sound – Ilta-Sanomat

    कति पर्छ आइसब्रेकर जहाजको मूल्य?

    आइसब्रेकर जहाजहरूको लागत जहाजको आकार, उमेर र प्राविधिक विशेषताहरूमा निर्भर हुन्छ। नयाँ आइसब्रेकर जहाजको मुल्य १०० मिलियनदेखि १ अर्ब अमेरिकी डलरसम्म हुन सक्छ। ट्रम्पले प्रयोग गरिएको जहाजको लागि मूल्यको एक तिहाइ प्रस्ताव गरेको उल्लेख गरेका छन्। यसरी हेर्दा एउटा जहाजको लागत ३० देखि ३०० मिलियन डलरको बीचमा पर्न सक्छ। अमेरिकाले १५ वटा जहाज खरिद गरेमा यो रकम अरबौं डलरसम्म पुग्न सक्छ।

    फिनल्यान्डका लागि यो सम्झौताले ठूलो आर्थिक लाभ ल्याउन सक्नेछ। फिनल्यान्डमा रहेका जहाज निर्माण कम्पनीहरूले घेरै रोजगारी सृजना गर्न सक्नेछन्। अर्कोतर्फ फिनल्यान्डको जहाज निर्माण उद्योगको अन्तर्राष्ट्रिय पहिचान र विश्वास पनि बढ्नेछ।

    फिनल्यान्ड लामो समयदेखि आइसब्रेकर जहाज निर्माणमा विश्वप्रसिद्ध छ। चिसो समुद्री क्षेत्रमा बरफ तोड्न र मार्ग खोल्न प्रयोग हुने यी जहाजहरू अमेरिकाको तटीय क्षेत्र र आर्कटिक क्षेत्रमा पनि आवश्यक हुन्छ।

    फिनल्याण्ड लामो समयदेखि आइसब्रेकर जहाज निर्माणमा विश्वप्रसिद्ध छ।

    अमेरिकी तट रक्षकले ३६ महिनाभित्र मध्यम आकारका आइसब्रेकरहरू निर्माण गर्न सक्ने क्षमता भएका विभिन्न देशका शिपयार्डहरूसँग छलफल गरेको छ, जसमा फिनल्याण्ड र क्यानडा पनि समावेश छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप