0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    कर्मचारीलाई दुर्व्यवहार गर्ने फिनिस राजदुत पदमुक्त

    .संक्षेपमा.


    • राजदूत माया-लुओटोले दुई पटक अनुचित व्यवहार गरेको स्वीकार।
    • परराष्ट्र मन्त्री एलिना भाल्तोनेनको गरेकि थिइन् राजदूत पद खोस्ने प्रस्ताव।
    • नयाँ राजदूतको खोजी तत्काल सुरु हुने।

    फिनल्यान्ड सरकारले पोर्चुगलका लागि फिनल्यान्डकी राजदूत टिट्टा माया-लुओटोलाई पदबाट हटाएको छ। दूतावासका कर्मचारीहरूले राजदूत माया-लुओटो विरुद्ध दुर्व्यवहारको उजुरी गरेपछि यो कदम चालिएको हो।

    उनलाई कर्मचारीलाई हेपेर बोल्ने, मानसिक दुखः दिने, र रंगभेदी व्यवहार गर्ने आरोप लागेको हो।

    राजदूत माया-लुओटोले सबै आरोप स्विकार नगरे पनि आफूले दुई पटक अनुचित व्यवहार गरेको भने स्वीकार गरेकी छिन्। उनले यस निर्णयलाई “सम्बन्ध विच्छेद प्रक्रिया” सँग तुलना गर्दै “कुनै बेला यस्तो बिन्दु आउँछ, र अहिले त्यो बिन्दु आएको छ,” भनेकी छिन्।

    परराष्ट्र मन्त्रालयका अनुसार यो कारवाही कर्मचारी कानून अन्तर्गतको अनुशासनात्मक कारबाही भने होइन। कर्मचारी कानून अन्तर्गतको छानबिन अझै जारी छ, जसको परिणाम चेतावनीदेखि बर्खास्तीसम्म हुन सक्छ।

    मन्त्रालयकी कर्मचारी प्रमुख निना पेसोनेनले यस घटनाको छानबिन भइरहेको र राजदूतको सुनुवाइपछि मात्र अन्तिम निर्णय लिइने जानकारी दिइन्। उनले दूतावासको कार्यसञ्चालन सुचारु राख्न यो कदम महत्वपूर्ण भएको फिनिस संचार संस्था YLE लाई बताएकी छिन्।

    दूतावासका कर्मचारीहरूले फेब्रुअरीमै दुर्व्यवहारको उजुरी दर्ता गरेका थिए, तर यो विषय करिब दुई साता अघि मात्र सार्वजनिक भएको थियो। परराष्ट्र मन्त्री भाल्तोनेनले मन्त्रालयले यस घटनाको व्यवस्थापनमा असफल भएको स्वीकार गरेकि छिन्। “प्रक्रिया राम्रो भए पनि यसले धेरै समय लियो।” उनले भनिन्।

    मन्त्रालयकी कर्मचारी प्रमुख पेसोनेनका अनुसार दूतावासका कर्मचारीहरूलाई मनोसामाजिक सहयोग प्रदान गरिनेछ। कार्यस्थल कल्याण एकाई र व्यावसायिक स्वास्थ्य सेवाले कर्मचारीहरूलाई परामर्श सेवा प्रदान गर्नेछन्।

    नयाँ राजदूतको नियुक्ति नभएसम्म अन्तरिम प्रमुखको व्यवस्था गरिने र दूतावासको कार्य सञ्चालनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप