संग्रह गर्नुहोस्।
संग्रहित

ताम्पेरे चक्कु आक्रमण अपडेट: आक्रमणकारी ‘फिनिस नागरिक’ भएको पुष्टि

प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमा यो आक्रमण पछाडि कुनै आतंकवादी वा जातीय/रंगभेदी उद्देश्य नरहेको स्पष्ट पारेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्याण्डको ताम्पेरे शहरमा हिजो बिहीबार दिउसो चक्कु प्रहार गर्ने संदिग्ध आक्रमणकारी वयस्क फिनिस नागरिक भएको पुष्टि भएको छ। फिनिस प्रहरीले आफ्नो पछिल्लो प्रेस नोटमा उक्त कुरा उल्लेख गरेको हो।

हिजो दिउसो करिब ४.१५ मा ताम्पेरेको रातिना सपिङ्ग मल नजिकै आरोपीले चक्कु प्रहार गरी चार जनालाई घाइते बनाएका थिए। प्रहरीले घटनास्थल नजिकैबाट संदिग्ध एक व्यक्तिलाई पक्राउ गरेको थियो। प्रहरीले यो घटनालाई चारवटा हत्या प्रयासको रूपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

आक्रमणमा परेका सबै पीडितहरू पनि वयस्क नागरिक हुन्। प्रहरीका अनुसार उनीहरूलाई चोटपटक लागेको छ तर कसैको पनि अवस्था गम्भीर वा ज्यानै जोखिममा पर्ने खालको छैन। घटनास्थलमा रगतको कुण्ड देखेको प्रत्यक्षदर्शीहरुले बताएका थिए भने पीडितहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गरिएको थियो।

प्रहरीले अनुसन्धानको प्रारम्भिक चरणमा यो आक्रमण पछाडि कुनै आतंकवादी वा जातीय/रंगभेदी उद्देश्य नरहेको स्पष्ट पारेको छ। घटनाको विस्तृत जानकारी र अनुसन्धानको प्रगतिबारे जानकारी दिन प्रहरीले आज बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

विज्ञापन

अनुसन्धान अगाडि बढ्दै जाँदा मुद्दाको प्रकृति परिवर्तन हुन सक्ने पनि प्रहरीले उल्लेख गरेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप