संग्रह गर्नुहोस्।
संग्रहित

यस्तो हुनेछ फिनल्यान्डमा बाँकी समरको मौसम

सामान्यभन्दा बढी वर्षा हुने संकेत पनि देखिएका छन्, यद्यपि वर्षाको पूर्वानुमान अझै पनि पूर्ण रूपमा भरपर्दो भने छैन।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • फिनल्यान्डमा समरका बाँकी दिनहरू सामान्यभन्दा न्यानो रहने।
  • अगस्टदेखि अक्टोबरसम्मको वर्षाको मात्रा अझै अनिश्चित।
  • दक्षिण र मध्य युरोपमा भने धेरै गर्मी र सुख्खा मौसमको पूर्वानुमान।

के फिनल्यान्डको चिसो समरले दिक्क हुनुभएको छ? मौसम पूर्वानुमान संस्था ‘फोरेका’ (Foreca) को लामो अवधिको मौसम पूर्वानुमानलाई विश्वास गर्ने हो भने समरका आगामी दिनहरू मौसमका हिसाबले ‍तुलनात्मक रुपमा राम्रा हुने देखिएका छन्।

फोरेकाका अनुसार फिनल्यान्डमा समरको अन्तिम चरण र अटमको सुरुवात सामान्यभन्दा तातो हुने देखिएको हो। तातो तापक्रम जुलाईको अन्त्यतिरबाट सुरु भएर सेप्टेम्बरको अन्त्यसम्म कायम रहने प्रक्षेपण छ।

अगस्टदेखि अक्टोबरसम्मको अवधिमा हुने वर्षाको मात्राबारे भने पूर्वानुमान अझै अनिश्चित छ।

उत्तरी युरोपमै समरको अन्त्य र अटम ऋतुको सुरुवात सामान्यभन्दा केही तातो हुने उच्च सम्भावना रहेको फोरेकाले पूर्वानुमान गरेको हो।

विज्ञापन

सामान्यभन्दा बढी वर्षा हुने संकेत पनि देखिएका छन्, यद्यपि वर्षाको पूर्वानुमान अझै पनि पूर्ण रूपमा भरपर्दो भने छैन।

वर्षा र वायुको चापको पूर्वानुमानका आधारमा फोरेकाले आकलन गरेअनुसार समरको अन्त्य र अटमको सुरुवातमा पश्चिमबाट न्यून चापीय प्रणालीहरू वर्षासहित सामान्य गतिमा फिनल्यान्डको उत्तरी क्षेत्रतर्फ प्रवेश गर्न सक्नेछन्।

दक्षिण र मध्य युरोपमा भने अगस्ट-अक्टोबरको अवधिमा तापक्रम सामान्यभन्दा धेरै नै तातो हुने उच्च सम्भावना छ। पूर्वानुमानमा त्यहाँ सामान्यभन्दा कम वर्षा हुने सम्भावना छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप