0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनएयरमा हड्तालको कडा असरः ५० मिलियन युरोको क्षति, ब्रान्ड इमेज ‘ध्वस्त’!

    फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनएयरले हड्तालका कारण ठूलो आर्थिक नोक्सानी मात्र व्यहोरेको छैन, पछिल्लो एक सर्वेक्षणमा युरोपकै सबैभन्दा खराब एयरलाइन्स पनि घोषित भएको छ।

    .संक्षेपमा.


    • हड्तालका कारण फिनएयरले ५० मिलियन युरोभन्दा बढीको घाटा व्यहोर्‍यो।
    • ‘फ्लाइटरइट’ले गरेको सर्वेक्षणमा फिनएयर २० युरोपेली एयरलाइनमध्ये अन्तिम स्थानमा।
    • विश्वसनीयताको मामलामा फिनएयरको प्रदर्शन धेरै कमजोर।

    कुनैबेला युरोपकै सबैभन्दा राम्रो भनेर चिनिएको फिनल्यान्डको राष्ट्रिय वायुसेवा कम्पनी फिनएयर अहिले भने दोहोरो संकटमा फसेको छ। यो वर्ष भएका हड्तालहरूले कम्पनीको आर्थिक अवस्था र ब्रान्ड छवि दुवैमा गहिरो चोट पुर्याएका छन्।

    फिनएयरका अनुसार यो वर्ष अहिलेसम्म मूलतः हड्तालकै कारण कम्पनीले ५० मिलियन युरोभन्दा बढीको आर्थिक क्षति व्यहोर्नु परेको छ।

    फिनएयर युरोपकै सबैभन्दा खराब एयरलाइन्स समेत घोषित भएको छ। एक प्रतिष्ठित जर्मन सर्वेक्षणले फिनएयरलाई युरोपकै सबैभन्दा खराब एयरलाइन्सको दर्जा दिएको हो। विगत वर्षहरूमा फिनएयर युरोपकै विश्वसनीय र उच्चकोटीको एयरलाइन्स मानिन्थ्यो।

    कम्पनीको आर्थिक नतिजा अनुसार अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा फिनएयरले करिब १० मिलियन युरो मात्रै नाफा कमाएको छ, जुन गत वर्ष सोही अवधिमा ४० मिलियन युरोभन्दा बढी थियो। कम्पनीले यो गिरावटको मुख्य कारण हड्ताललाई नै मानेको छ। यो वर्ष पाइलट र ग्राउन्ड सर्भिस कर्मचारीका हड्तालका कारण फिनएयरका १३०० भन्दा बढी उडानहरू रद्द भएका थिए।

    आर्थिक क्षति मात्रै हैन लामो समयसम्म चलेको हड्तालका कारण फिनएयरको प्रतिष्ठामा पनि ठूलो धक्का लागेको छ। जर्मन उपभोक्ता सेवा ‘फ्लाइटरइट’ले गरेको र ‘बिल्ड’ पत्रिकाले प्रकाशित गरेको एक सर्वेक्षणमा फिनएयर युरोपका २० प्रमुख एयरलाइनहरूमध्ये सबैभन्दा अन्तिम स्थानमा परेको छ।

    विश्वसनीयता, ग्राहक सन्तुष्टि र क्षतिपूर्तिको भुक्तानीको गति जस्ता मापदण्डहरूमा आधारित उक्त सर्वेक्षणमा फिनएयरले ५ मा जम्मा २.४८ अंक प्राप्त गर्‍यो। विश्वसनीयताको श्रेणीमा फिनएयरको अंक १.५ मात्र थियो, जुन अत्यन्तै कमजोर हो।

    ‘Ryanair’ र ‘Vueling’ जस्ता बजेट एयरलाइन्सहरूले समेत फिनएयर भन्दा राम्रो अंक प्राप्त गरे। पछिल्लो नतिजाले फिनएयरको प्रिमियम सेवा प्रदायकको छविमाथि पनि प्रश्न उठाएको छ।

    आर्थिक क्षति मात्रै हैन लामो समयसम्म चलेको हड्तालका कारण फिनएयरको प्रतिष्ठामा पनि ठूलो धक्का लागेको छ।

    गत महिनाहरूमा सयौं उडान रद्द भएपछि सित्तैमा टिकट अफर गरेपनि टिकट नलिने भन्दै धेरैले फिनएयरको खिल्ली समेत उडाएका थिए।

    आर्थिक र प्रतिष्ठामा गम्भीर धक्काका बाबजुद फिनएयरले भविष्यमा हवाई यातायात बढ्ने अनुमान गरेको जनाएको छ। फिनएयर र हेलसिन्की एयरपोर्टमा लामो समय चलेको हड्ताल पनि एक सहमतीपछि टुंगिएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप