0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको ट्रिप्ला सपिङ सेन्टर बाहिर महिलाको बलात्कार, अदालतले तोक्यो सजाय

    अदालतले सार्वजनिक स्थानमा भएको यो आक्रमणलाई 'अपमानजनक, अप्रत्याशित र डरलाग्दो' भनेको छ।

    हेलसिन्की जिल्ला अदालतले ३१ वर्षीय मोहम्मद अहमदलाई बलात्कार, यौन उत्पीडन र बालबालिकामाथि यौन दुर्व्यवहारका विभिन्न अपराधमा दोषी ठहर गर्दै तीन वर्ष १० महिनाको जेल सजाय सुनाएको छ।

    अहमदले गत अप्रिलमा हेलसिन्कीको पासिलास्थित ट्रिप्ला सपिङ सेन्टर बाहिर एक अपरिचित महिलालाई बलात्कार गरेका थिए। दोषीले अन्य सार्वजनिक स्थानहरूमा पनि तीन नाबालिगहरूलाई यौन दुर्व्यवहार गरेका थिए।

    अदालतको विवरण अनुसार सबैभन्दा गम्भीर अपराध गत अप्रिलमा रातिको समयमा भएको थियो। अहमदले ट्रिप्ला सपिङ सेन्टर भित्रैबाट पीडित महिलालाई पछ्याउन थालेका थिए। सपिङ सेन्टरबाट बाहिर निस्कने क्रममा उनले महिलालाई चुम्बन गर्ने प्रयास गर्दै आफूसँग जान प्रस्ताव गरेका थिए।

    महिलाले अस्वीकार गरेपछि अहमदले हिंसात्मक रूपमा आक्रमण गरी मुख थुनेर बलात्कार गरेका थिए। पीडितले सास फेर्न नसक्ने गरी अहमदले उनको मुख र नाकमा हात राखेका थिए। एकजना बाटो हिँड्ने व्यक्तिको हस्तक्षेपपछि मात्रै उक्त अपराध रोकिएको थियो र अहमद घटनास्थलबाट भागेका थिए। उनलाई सोही दिन पक्राउ गरी हिरासतमा राखिएको थियो।

    यसबाहेक अहमदले यसै वर्षको सुरुमा हेलसिन्कीका विभिन्न स्थानमा तीन नाबालिगमाथि यौन अपराध गरेका थिए। पीडितहरू १७, १५ र १२ वर्षका थिए र उनीहरू सबै अहमदका लागि अपरिचित थिए।

    रेडि सपिङ सेन्टरमा अहमदले १७ वर्षीया किशोरीको छेउमा बसेर उनको तिघ्रा छोई काँधमा हात राखेर चुम्बन गर्ने प्रयास गरेका थिए। उनले किशोरीलाई कन्डम देखाउँदै काखमा बस्न आग्रह समेत गरेका थिए।

    हेलसिन्कीको सेन्ट्रल रेलवे स्टेसनमा १५ वर्षीया किशोरीको छेउमा बसेर उनले भाग्न खोज्दा उनको नितम्बमा छोएका थिए। इताकेस्कुसको इतिस सपिङ सेन्टरमा पनि उनले यस्तै व्यवहार देखाउँदै १२ वर्षीया किशोरी उठ्न लाग्दा उनको नितम्बमा छोएका थिए।

    अदालतमा सुनुवाइको क्रममा अहमदले केही आरोपहरू आंशिक रूपमा स्वीकार गरे पनि बयान फेरेका थिए। उनले बलात्कारको आरोप अस्वीकार गर्दै पीडितसँग सामान्य धकेलाधकेल भएको र बलात्कारको प्रयास मात्र गरेको दाबी गरेका थिए। तर रेडि र इतिस सपिङ सेन्टरको सीसीटीभी फुटेज र बलात्कार घटनाका प्रत्यक्षदर्शीको बयानलाई प्रमाणको रूपमा पेस गरिएको थियो।

    अदालतले सार्वजनिक स्थानमा भएको यस प्रकारको बलात्कारलाई “अपमानजनक, अप्रत्याशित र डरलाग्दो” भनेको छ। हिंसा प्रयोग गरी सार्वजनिक स्थानमा र अपरिचित व्यक्तिमाथि गरिएको हुनाले अदालतले यसलाई अत्यन्त निन्दनीय कार्य मानेको छ।

    उक्त आक्रमणबाट पीडित महिलालाई शरीरका विभिन्न भागमा दुखाइ र तीव्र तनाव (acute stress) भएको थियो। नाबालिग पीडितहरूले पनि मानसिक पीडा भोगेको अदालतले ठहर गरेको छ।

    अदालतले मोहम्मद अहमदलाई तीन वर्ष १० महिनाको जेल सजायका साथै पीडितहरूलाई क्षतिपूर्ति र कानुनी खर्चबापत कूल १०,००० युरोभन्दा बढी रकम तिर्न आदेश दिएको छ। यद्यपि यो फैसला अझै अन्तिम भइसकेको छैन र यसमाथि पुनरावेदन गर्न सकिनेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप