संग्रह गर्नुहोस्।
संग्रहित

भान्ताको होस्टेलमा व्यक्ति हत्या प्रयास, दुई पक्राउ

हेलसिन्की-भान्ता एयरपोर्ट नजिकै रहेको एक होस्टेलमा भएको हिंसात्मक घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्। प्रहरीले घटनालाई हत्या प्रयासको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्की-भान्ता एयरपोर्ट नजिकै रहेको एक होस्टेलमा दुई व्यक्तिले एक अर्का व्यक्तिलाई हत्या गर्ने प्रयास गरेको फिनल्यान्डको प्रहरीले जनाएको छ।

हिजो दिउसो भएको उक्त गम्भीर हिंसात्मक अपराधलाई प्रहरीले हत्या प्रयासको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीले दिउँसो करिब २:३० बजे आपत्कालीन केन्द्रमार्फत उक्त होस्टेलमा भएको हिंसात्मक घटनाबारे सूचना पाएको थियो।

सूचना प्राप्त हुनासाथ प्रहरीका धेरै टोली घटनास्थलमा पुगेका थिए। प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ।

विज्ञापन

प्रहरीले होस्टेलको नाम खुलाएको छैन, तर प्रहरीले दिएको ठेगानामा फोरेनम नामको होस्टेल रहेको देखिन्छ।

घटनामा घाइते भएका पीडितलाई घटनास्थलबाटै अस्पताल लगिएको थियो। प्रहरीका अनुसार पीडित गम्भीर घाइते छन्। घटनामा संलग्न पीडित र दुवै सन्दिग्ध वयस्क नागरिक हुन्।

प्रहरीले प्रारम्भिक अनुसन्धान भर्खरै सुरु भएकाले यस विषयमा थप जानकारी दिन नसकिने बताएको छ। अनुसन्धानको नेतृत्व गरिरहेका अधिकारीले अनुसन्धान अघि बढ्दै जाँदा आवश्यक परेमा थप जानकारी दिने बताइएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप