संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा १५ वर्षीय किशोरको डुबेर मृत्यु, पौडी नजान्ने पिता किनारामा चिच्याइरहे

प्रत्यक्षदर्शीहरूका अनुसार पौडी खेल्न नसक्ने बुबाले आफ्नो छोरालाई बचाउन असफल प्रयास गर्दै मद्दतका लागि चिच्याइरहेका थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • किशोर पौडी खेल्ने ट्युबबाट पानीमा खसेका थिए।
  • खोजीका लागि कैयौँ उद्धारकर्ता र हेलिकप्टर परिचालन।
  • ४५ मिनेट पछि किशोरलाई पानीबाट निकालिए पनि बचाउन सकिएन।

हेलसिन्की: फिनल्यान्डको हेलसिन्कीस्थित भुओसारी क्षेत्रको काल्लाहदेननियमी क्षेत्रमा पौडी खेल्न गएका करिब १५ वर्षीय किशोरको डुबेर मृत्यु भएको छ। घटना हिजो शनिवार अपरान्ह ४ः३० बजेतिर भएको हो।

प्रहरीका अनुसार आपत्कालीन उद्धारको सूचना प्राप्त हुनासाथ खोजीका लागि व्यापक उद्धार-अपरेसन चलाइएको थियो। उद्धारमा तट रक्षक, हेलसिन्की उद्धार विभागका एकाइहरू र प्रहरी संलग्न थिए।

गोताखोर र हेलिकप्टरको प्रयोग गरी खोजीलाई तीव्र बनाइएको थियो। खोजी कार्य ४५ मिनेटसम्म चलेको थियो। उद्धारकर्मीहरूले किशोरलाई अन्ततः पानीबाट निकालेर बचाउने अथक प्रयास गरे पनि सफल हुन सकेनन्।

के भन्छन् प्रत्यक्षदर्शी ?

विज्ञापन

घटना प्रत्यक्ष देखेका प्रत्यक्षदर्शीहरू ओक्साना र उनका १० वर्षीय छोरा ओलेगले फिनिस भाषाको अनलाइन Iltalehti लाई आफूले देखेका हृदय विदारक क्षणहरू बताएका छन्।

ओलेगका अनुसार ती किशोर पौडी खेल्ने ट्युब (swimming ring) को सहायताले किनारबाट करिब ५० मिटर पर पानीमा थिए। तर अचानक उनी ट्युबबाट खसे र पानीमा डुब्न थाले।

डुब्न लागेपछि किशोरले किनारमा रहेका आफ्ना बुबालाई चिच्याएर सहयोगका लागि गुहारेका थिए।

समुन्द्र किनारमा परिवारका अन्य सदस्यहरूसँग बसिरहेका बुबाले दुई पटक छोरालाई बचाउन पानीमा जाने प्रयास गरेका थिए। तर उनी आफैँ पौडी खेल्न नजान्ने जस्तो देखिन्थे।

त्यसपछि बुबाले चिच्याउँदै सहयोगका लागि गुहारेका थिए। नजिकै रहेका कसैले ११२ मा फोन गरी घटनाबारे जानकारी दिएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

व्यापक उद्धार प्रयास

घटना सुरु हुनुअघि समुद्री किनारमा धेरै मानिसहरूको चहलपहल थियो। मानिसहरू ग्रिल गरेर खाइरहेका थिए र रमाइरहेका थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

अर्की प्रत्यक्षदर्शी मिकाएला एरिक्सनका अनुसार घटनापछि उद्धार कार्यलाई सहज बनाउन फिनिस र अंग्रेजी भाषामा मानिसहरूलाई पानीबाट बाहिर निस्कन अनुरोध गरिएको थियो। समुन्द्री किनार खाली बनाएर व्यापक उद्धार प्रयास गरिएको थियो। आकाशबाट हेलिकप्टरले पनि खोजीमा सघाएको थियो।

एक अर्की प्रत्यक्षदर्शी लालेह जरेई उद्धार टोली घटनास्थलमा पुग्दा त्यहाँ आइपुगेकी थिइन्। किशोर पानीमुनि हराएको थाहा पाएपछि उनले पनि मद्दत गर्ने प्रयास गरेकी थिइन्।

“नौ मिनेटदेखि पानीमा डुबेका छन् भन्ने मैले सुने…” उनले भनिन्। “पानीमा डुबेको ११ मिनेटमा मान्छे बल्ल मर्छ। अझै २ मिनेट त बाँकी छ भन्ने सोचेँ।” त्यसपछि किशोरलाई खोज्न उनी पनि पानीमा हाम फालेकी थिइन्।

किशोरलाई फेला पार्दा उनी पानीमा डुबेको करिब ४५ मिनेट भैसकेको थियो। उनलाई लामो समयसम्म पुनर्जीवन दिने प्रयास गरिएको थियो। तर जति प्रयास गरे पनि उनलाई बचाउन सकिएन।

जरेईका अनुसार यो दृश्य देखेर परिवारका सदस्यहरू पूर्ण रूपमा स्तब्ध भएका थिए।

“किशोरका बुबा किनारमा रोइरहनुभएको थियो र काँपिरहनुभएको थियो। मैले उहाँलाई सान्त्वना दिने प्रयास गरेँ,” उनले भनिन्।

सच्चाइएकोः केही प्रत्यक्षदर्शीहरूले किशोर ह्विलचियरमा बसेर पौडी खेल्न आएका थिए भनेर YLE लाई भनेको भनेर रिपोर्टिङ्ग गरिएको थियो। प्रहरीले भने उक्त भनाइ सत्य नरहेको र किशोर ह्विलचियर प्रयोगकर्ता नभएको जनाएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप