0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको होल्लोलामा नाबालिगले स्कुल जलाए, प्रहरी अनुसन्धान जारी

    शनिबार र आइतबारको बीचको रातमा भएको आगलागीमा कान्कान विद्यालय लगभग पुरै ध्वस्त भएको छ। प्रहरीले घटनालाई जानाजानी गराइएको आगजनीको रूपमा अनुसन्धान गरिरहेको छ।

    .संक्षेपमा.


    • होल्लोलामा रहेको कान्कान विद्यालय (Kankaan koulu) आगोले ध्वस्त।
    • घटनामा धेरै स्थानीय नाबालिगहरूको संलग्नता रहेको प्रहरीको आशंका।
    • थप जानकारीका लागि प्रहरीको अनुरोध।

    फिनल्यान्डको राजधानी हेलसिन्कीबाट करिब १०० किलोमिटरको दुरीमा रहेको लाहति नजिकैको सहर होल्लोलास्थित कान्कान विद्यालयमा शनिबार र आइतबार बीचको रातमा भएको आगलागीले उक्त विद्यालय लगभग ध्वस्त भएको छ।

    हामे प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै उक्त आगलागीलाई जानाजानी गराइएको (आगजनी) घटनाको रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ। प्रहरीका अनुसार कैयौं नाबालिग युवाहरू (१८ वर्ष नपुगेका) माथि संदिग्धको रूपमा अनुसन्धान भइरहेको छ।

    प्रारम्भिक अनुसन्धानमा आगलागी हुनुभन्दा ठीक अघि घटनास्थल र त्यसको वरपर रहेका व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू पैयात-ह्यामे (Päijät-Häme) क्षेत्रका नाबालिग युवाहरू रहेको र उनीहरूको संख्या धेरै रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

    प्रहरीले घटनास्थलको प्राविधिक अनुसन्धानलाई निरन्तरता दिँदै प्रमाणहरू संकलन गरेको छ। घटनाको यथार्थ विवरण, परिस्थिति र क्षतिको पूर्ण मूल्यांकन गर्नका लागि संलग्न व्यक्तिहरूसँग सोधपुछ र बयान लिने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले उक्त घटनाबारे सर्वसाधारणबाट धेरै सूचना र भिडियोहरू प्राप्त गरेको बताएको छ। प्राप्त भिडियोहरूको मद्दतले प्रहरीले आगोको चरण र त्यसको सुरुवातको कारण पत्ता लगाउन सफल भएको उल्लेख गरेको छ।

    घटनाबारे अझै कुनै जानकारी भए इमेल vihjeet.hame(at)poliisi.fi वा फोन नम्बर 0295 414 222 मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप