0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बग्गी चढेर शितलनिवास पुगे नेपालका लागि फिनल्यान्डका नयाँ राजदूत

    फिनल्यान्डका नयाँ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत, पाँच दशक लामो सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता।

    नेपालका लागि फिनल्यान्डका नवनियुक्त राजदूत पेत्री पुहाक्काले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे।

    उनी श्रीमती सहित बग्गी चढेर नेपालको राष्ट्रपति कार्यालय रहेको शितलनिवास पुगेका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्न जाँदा राजदूतहरूलाई बग्गी चढाएर स्वागत गर्ने परम्परा नेपालमा रहिआएको छ।

    यो समारोहसँगै राजदूत पुहाक्काले नेपालमा आफ्नो कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। नेपाल र फिनल्यान्डबिच पाँच दशकदेखि मित्रता, सहयोग र दिगो विकासका लागि संयुक्त प्रयासमा आधारित सुमधुर सम्बन्ध रहँदै आएको छ।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने समारोहमा राजदूत पुहाक्काका साथ उनकी श्रीमती अजरा असंगानी, नियोगका उपप्रमुख मिक्के किन्नारी र सहयोग प्रमुख सारा आलानेनको पनि उपस्थिति थियो।

    राजदूत पुहाक्कालाई फिनल्यान्डको परराष्ट्र मन्त्रालयले गत मे महिनामा काठमाडौँस्थित दूतावासको ‘हेड अफ मिसन’का रूपमा नियुक्त गरेको थियो र उनले अगस्ट १ देखि आफ्नो जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनी अपाङ्गता समावेशीकरणका लागि राजदूतको रूपमा कार्यरत थिए।

    सन् १९९५ मा फिनल्यान्डको परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका पुहाक्कासँग अन्तर्राष्ट्रिय कूटनीतिमा लामो अनुभव छ। उनले सन् २०१६ देखि २०२० सम्म क्वालालम्पुरस्थित फिनल्यान्डको दूतावासमा ‘हेड अफ मिसन’का रूपमा काम गरिसकेका छन्।

    राजदूत पुहाक्काले पूर्वराजदूत रीना-रिक्का हेक्काको स्थान लिएका हुन्। राजदूत हेक्काले आफ्नो तीन वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेकी थिइन्। उनको कार्यकालमा नेपाल र फिनल्यान्डबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाइएको थियो। उनकै कार्यकालमा नयाँ विकास परियोजनाहरूको सुरुवात र आर्थिक सहयोगका लागि नयाँ वित्तीय उपकरणमा हस्ताक्षरजस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका थिए।

    फोटोः Embassy of Finland, Kathmandu
    फोटोः Embassy of Finland, Kathmandu
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप