संग्रह गर्नुहोस्।
संग्रहित

एस्पोमा एक महिलाको हत्या

एस्पोको हेन्ता क्षेत्रमा शुक्रबार साँझ एक महिलाको हत्या भएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ र अनुसन्धान जारी राखेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • एस्पोको हेन्ता क्षेत्रमा एक महिलाको हत्या।
  • प्रहरीले घटनास्थलबाटै एक संदिग्धलाई पक्राउ गर्यो।
  • हिंसाको उजुरी बाहिरी व्यक्तिले आपतकालीन नम्बरमा गरेका थिए।

हिजो शुक्रबार राति करिब ८ बजे एस्पोको हेन्तास्थित एउटा अपार्टमेन्ट भवनमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ। आपतकालीन केन्द्रमा एक व्यक्तिले सम्भावित हिंसाको घटनाबारे जानकारी दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार भवनको सिँढीमा एक वयस्क महिला अचेत अवस्थामा फेला परेकी थिइन्। गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो।

लान्सी-उसिमा प्रहरी विभागले घटनाको केही समयपछि नै एक संदिग्धलाई पक्राउ गरेको छ। प्रहरीले हाल घटनास्थलमा अनुसन्धान गरिरहेको छ र घटनाको कारणबारे थप विवरणहरू संकलन गरिरहेको जनाएको छ।

अनुसन्धान प्रारम्भिक चरणमा रहेकोले प्रहरीले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। अनुसन्धानलाई असर नपर्ने गरी शनिबार दिउँसोसम्ममा थप जानकारी दिन सकिने प्रहरीले बताएको छ।

विज्ञापन

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप